Saturday 21st March 2026

आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अवार्ड नेपाललाई


तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको हो । नेपालले लगातार दोस्रो पटक अवार्ड जितेको हो।
सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण सभामा आइसिसी अध्यक्ष जय शाहले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रदान अवार्ड प्रदान थिए। आइसिसीले इन्टरनेटमा नेपाली क्रिकेट समर्थकको बाक्लो उपस्थितिको सधैं प्रशंसा गर्दै आएको छ। एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनोटमा परेको थियो। क्षेत्रिय विजेताको रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...