Wednesday 25th March 2026

राष्ट्रप्रेमी बस्यालको हरियाली अभियान : कामाख्या मन्दिरमा लालीगुँरास


पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरस्थित ऐतिहासिक कामाख्या मन्दिर परिसरमा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा लालीगुँरास रोपेर हरियाली अभियान सञ्चालन गरिएको छ । ‘एक घर, एक लालीगुँरास’ अभियानअन्तर्गत मन्दिर परिसरलाई हरित वातावरणीय सन्देशसहित अझ सुन्दर बनाउन प्रयास गरिएको हो ।

कार्यक्रममा वडा सदस्य टंक बस्याल, समाजसेवी सेरजङ थापा, मन्दिरका कर्मचारी र स्थानीयवासीहरूको सक्रिय सहभागिता थियो । वडा सदस्य बस्यालले “राष्ट्रप्रेमी बस्यालको यो पहलले गाउँमा हरियाली मात्र होइन, नयाँ पुस्तालाई पनि प्रकृतिप्रेम र संस्कृतिको महत्व सिकाएको छ ।

समाजसेवी थापाले वातावरण संरक्षण दीर्घकालीन जिम्मेवारी भएकाले सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए ।

अभियान्ता राष्ट्रप्रेमी बस्यालले “कामाख्या मन्दिर जस्तो ऐतिहासिक र धार्मिक स्थानमा लालीगुँरास रोपेर हामीले प्रकृतिप्रेम र संस्कृति प्रतिको सम्मानलाई एकैसाथ जोड्ने प्रयास गरेका छौँ । यसले हाम्रो धार्मिक पर्यटनलाई समेत सकारात्मक सन्देश पुर्‍याउने विश्वास लिएको बताए।

स्थानीयवासी र पर्यटकहरूले राष्ट्रप्रेमी बस्यालको यस अभियानले पाल्पामा मात्र होइन, आसपासका क्षेत्रमा पनि हरित चेतना र सामाजिक जागरणलाई नयाँ गति दिएको प्रतिक्रिया दिएका छन् ।
Sushil


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...