Monday 12th January 2026

सिद्धबाबामा पहिरोले लागेर १ जनाको मृत्यु


तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएको छ ।
मंगलबार बेलुकी ६ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो सिद्दबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटर साइकललाई लागेको थियो । पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । अहिले लुम्विनी प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...