Saturday 21st March 2026

सिद्धबाबामा पहिरोले लागेर १ जनाको मृत्यु


तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएको छ ।
मंगलबार बेलुकी ६ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो सिद्दबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटर साइकललाई लागेको थियो । पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । अहिले लुम्विनी प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...