Thursday 26th February 2026

एसीसी यू-१६ इस्ट जोन कपको उपाधी नेपाललाई


एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए ।

४० रनमा १ विकेट गुमाएको नेपालले निरन्तर विकेट गुमाउँदा ५८ रन पुर्याउदा ५ विकेट गुमाएको थियो । त्यसपछि जोय र शुभम खनाल मिलेर साझेदारी बनाएका थिए । नेपालको स्कोर ९१ पुग्दा ६ विकेट गुमाएको थियो जसमा शुभम १६ रनमा आउट भएका थिए नेपाल ९२ रनमा ८ विकेट गुमाएको थियो । जोयले लगातार तीन चौका प्रहार गर्दै अभय यादवसँग मिलेर राम्रो साझेदारी बनाउदै अभयले विजयी छक्का प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट, युवान पाण्डेले २ विकेट लिएका थिए भने आकाश तेजा र वेदांश गुप्ताले १-१ विकेट लिएका थिए ।

नेपालका लागि अभय यादवले ३ विकेट, सुशिल बहादुर रावलले ३ विकेट, शुभम खनालले २ र कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिएका थिए । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो । नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...