Saturday 21st March 2026

तेस्राे सुपर ओभरमा नेपाल नेदरल्यान्ड्ससँग पराजित


स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । त्यसपछि लगातार दुई सुपरमा पनि स्कोर बराबरी भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
पहिलो सुपर ‌ओभरमा पहिले ब्याटिङ गरेको नेपालले १९ रन बनायो। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सले पनि १९ रन बनाउँदा पहिलो सुपर ओभरमा पनि स्कोर बराबरी भयो भने खेल दोस्रो सुपर ओभरमा पुग्यो। दोस्रो सुपरओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्यो भने जवाफमा नेपालले पनि १७ रन जोडेसँगै खेल तेस्रो सुपर ओभरमा पुगेको थियो ।
तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट हुँदा नेदरल्यान्डसले १ रनको लक्ष्य पाएको थियो । नेदरल्यान्डसले पहिलो बलमै छक्का प्रहार गर्दै नेपालमाथि तेस्रो सुपर ओभरमा जित निकाल्न सफल भए सँगै खेल नेदरल्यान्ड्सले जित्न सफल भएको हो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...