Sunday 1st March 2026

इरान– इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ जाँदै


एजेन्सी-अमेरिकी युद्धपोतवाहक युएसएस निमित्जले भियतनाममा रोकिने योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ।

इजरायल र इरानबीच युद्ध भइरहेका बेला अमेरिकी उपस्थिति बढाउन युएसएस निमित्ज मध्यपूर्वतर्फ जान लागेको हो । मरिन ट्राफिकका अनुसार स्थानीय समयानुसार १३ः४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो ।

भियतनामी सरकारका एक अधिकारीले एएफपीसँग कुरा गर्दै युएसएस निमित्जमा जुन २० मा आयोजना हुने भनिएको स्वागत समारोह रद्द गरिएको पुष्टि गरेका छन् । ती अधिकारीले अमेरिकी दूतावासको पत्र शेयर गर्दै रक्षा मन्त्रालयले ‘आपतकालिन परिचालन आवश्यकता’का कारण कार्यक्रम रद्द गर्न लागेको जानकारी दिएका छन्।

हनोईस्थित अमेरिकी दूतावास र निमित्जका प्रवक्ताले एएफपीसँग यसबारे कुनै प्रतिक्रिया दिन मानेनन् । इजरायल र इरानबीच बढ्दो हवाई युद्धको चौथो दिन तनाव कम गर्न अन्तर्राष्ट्रिय आह्वानको बावजुद विश्वको सबैभन्दा ठूलोमध्येको एक युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान गरेको हो ।

इरानी अधिकारीहरुका अनुसार इजरायलले गरेको आक्रमणमा परी उच्च सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ इरानीको मृत्यु भएको छ । त्यसको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र ’प्रभावकारी, लक्षित र थप विनाशकारी कारबाही’ गर्न सक्ने चेतावनी दिएको छ ।

इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानको क्षेप्यास्त्र आक्रमणले तेल अभिभस्थित अमेरिकी दूतावासको भवनमा हल्का क्षति पुगेको बताउनुभएको छ ।


सम्बन्धित शीर्षकहरु

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

प्रतिकृयाहरू
...