Wednesday 25th March 2026

इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा


इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।

यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् ।

उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।

इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् । दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले सम्म जारी छ ।

दुई मुलुक चिको भिषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...