Tuesday 13th January 2026

इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा


इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।

यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् ।

उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।

इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् । दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले सम्म जारी छ ।

दुई मुलुक चिको भिषण युद्धका कारण इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था समेत बन्द गरेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...