Saturday 21st March 2026

पाल्पाको रम्भामा यार्सागुम्बा भएको पुष्टि


बिगत केही दिन देखि निक्कै चर्चामा रहेको  पाल्ल्पा  रम्भा गाउँपालिका वडा नम्बर ३ रिमिघा लेकमा भेटिएको जडीबुटी यार्सागुम्बा नै  भन्ने पुष्टि भएकाे छ । डिभिजन वन कार्यालय पाल्पाले  परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला ललितपुरमा पठाएको थियो  सो जडीबुटी परीक्षण गरेसंगै  यार्सागुम्बा पुष्टि भएकाे डिभिजन वन कार्यालय पाल्पाले जनाएकाे छ । यार्सागुम्बा कति क्षेत्रफलमा भेटिएकाे छ भन्ने अझै एकिन हुन् सकेको छैन  ।
यार्सागुम्बाकाे निकासी अनुमति वन कार्यालयले दिने प्रावधान छ । राष्ट्रिय वन क्षेत्रभित्र यार्सागुम्बा जडीबुटी भएकाे हाे । नेपाल सरकारले प्रतिकिलाे ३१ हजार रूपियाँ राजश्व लिएर सुचिकृत व्यापारीलाई यार्सागुम्बा बिक्री गर्छ । भेटिएकाे यार्सागुम्बालाई व्यापारीले नै ग्रेड निर्धारण गरेर बजारमा बिक्री गर्ने प्रचलन रहेकाे वनका कर्मचारी बताउँछन् । उता फाेक्सिङ्काेट क्षेत्रमा पनि यार्सागुम्बा जस्ताे जडीबुटी फेला परेकाे स्थानीयहरुले बताए पनि  त्यसकाे भने पुष्टि हुन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...