Saturday 21st March 2026

माधव नेपालमाथि प्रतिशोध लिइएको नेकपा एसको ठहर


नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानूनी र राजनीतिक प्रतिवाद गर्ने बताए । उनले अदालतबाट क्लिचिट लिएर यो पुर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताए । साथै नेकपा एकीकृत समाजबादीको बैठकले प्रेस बिज्ञप्ति जारी समेत गरेको छ ।

हेर्नुहोस बिज्ञप्ति


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...