Tuesday 6th October 2026

लघु कथाः शिव रात्री -कमला देवकोटा, पाल्पा


नागा बाबाहरुको र साधु सन्तको आगमनले पाशुपती क्षेत्र धन्य भएको थियो। प्रसाद बनाउने, मन्दिर परिसर सजाउनेको आ-आफ्नै धुन थियो।

पाँच सय नागा बाबा, पन्ध्र सय साधु सन्त भारत बाट भितृए। पशुपती बिकास कोषले सक्दो ब्यबस्थापन गर्यो। यी बाहेक गरिव
करिव बीस परिवारका सदस्य छद्म भेषबाट प्रसाद खाएर डम्म डकारे। यो देखेको मनेलाई लाग्यो यस्तो बेलामा म पनि खरानी घसेर कसैले नचिन्ने हुन्छु र राम्रो ट्र्याक सुट किन्छु प्रविणले मलाई तेरो बाबू गरिव खाते हो तंलाई कपडा किनिदिन पनि सक्दैन भन्दै हेप्थ्यो। बल्ल देख्लास्।

आज शिवरात्रीको दिन उ बिहानै बाट टाप कस्यो। बाबू आमा आफ्नै काममा गए। बेलुकी पख हातमा पोलिथिनको झोला केही खुद्रा पैसा समातेको मने काम्दै मन्दिर परिसरमा सुतेको देखियो। चिन्नेले उसका बाबू आमालाई खबर गरिदिए।

उनीहरु आउँदा मनेलाई हन्हनी ज्वरो आएको, आँखा भरी खरानी पसेर रगत बगेको देखे। चिच्याउंदै आफ्नो जीर्ण पछेउराले छोपेर घर लगे।
बाबू सायद भाङ खाएको थियो की सरकारलाई तथानाम सराप गर्दै हिंड्यो। भन्दै थ्यो गद्धार सरकार मुर्दाबाद। बिदेशी भुस्याहाहरुलाई पोसेकोछ। आफ्नो देशका गरिवको यो हालत। छोड् सत्ता म चलाउँछु ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...