Friday 6th March 2026

राष्ट्रवादी नागरिक समाज (राजावादी)ले कुवेतमा नागरिक भेला गर्ने


राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले नागरिक भेला गर्न लागेको राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताएका हुन् ।

उनले भने, मुलुकमा गणतन्त्र ल्याएर देशलाइ कंगाल बनाउनु सिवाय अरू केही काम भएन । गणतन्त्र ल्याएर नागरिकको अबस्थामा कुनै सुधार आएन । देशमा राजनीतिक दलका नेताले भ्रष्टाचार र अस्थिरता बढाएर संकट ल्याए। अब २०७२ सालको संविधान फालेर राजा समेटेर नयाँ संविधान बनाउनुपर्छ । राजा नहुँदा मुलुक विदेशीले चल्ने खेल्ने अखडा बनेकोले गणतन्त्र फालेर राजा ल्याउन अब सबै नेपाली नागरिक लाग्नुपर्ने बताउँदै सो को लागि कुवेतबाट आफुहरूले नागरिक भेला गरेर अघि बढ्न लागेको पराजुलीले बताए ।

त्यसै गरि राष्ट्रवादी नागरिक समाजका सल्लाहकार टिकाराम आचार्यले विश्वको एकमात्र आध्यात्मिक राष्ट्र नेपाल नेपालीहरुका वीर पुर्खाहरुको पौरख र अतुलनीय पराक्रमको निशानी हो, आध्यात्मिक राष्ट्र नेपालको रक्षा र विकास गर्नु नै प्रत्येक नेपालीको स्वधर्म हो भन्दै राजतन्त्र हुँदा नेपालमै बाँच्न सकेको युवावर्ग गणतन्त्रसम्म आइपुग्दा वार्षिक ५ लाख भन्दा बढिका दरले विदेश पलायन हुनुपर्ने अवस्थामा पुगेको, राजतन्त्रको समयमा संचालनमा आएका उद्योग-धन्दा, कल-कारखाना सबै बन्द भएको, नागरिकलाइ ऋणको भार थप्दै लाने काम गणतन्त्रमा भएकोले राजतन्त्र अपरिहार्य भएको बताए । हिजो एकजना राजा थिए तर आज धेरै छोटे राजाको जन्म भयो, यो दुर्भाग्य हो । राजतन्त्रको विकल्प अरू कुनै तन्त्र हुन नसक्ने भन्दै कुवेतमा रहेका सबै नेपाली नागरिकलाइ यस अभियानमा जोड्नको लागि नागरिक भेला संचालन गर्न लागिएको बताउँदै राष्ट्रियताको सोच भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ भेलामा सहभागी हुन आग्रह गरेका छन् ।

नागरिक भेला कार्यक्रमको विवरण
मितिः १० जनवरी २०२५ शुक्रबार ।
स्थानः गोर्खा किचन रेष्टुरेन्टको सभाहल, साल्मिया ।
समयः साँझ ५ बजे

विस्तृत जानकारीको लागि सम्पर्कः
टिकाराम आचार्य – +96595542854
नबराज पराजुली – +96550616895


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...