Thursday 29th October 2026

“नयाँ वर्ष तथा सांस्कृतिक धमाका २०२५” कुवेतमा हुदै


कुवेतमा आगामी जनवरी ३, २०२५ मा भव्य “नयाँ वर्ष तथा सांस्कृतिक धमाका २०२५” को आयोजना हुने भएको छ। किरात राई यायोक्खा द्वारा आयोजित यस विशेष कार्यक्रममा नेपालका चर्चित कलाकारहरू Chhewang Lama र Babina Kirati को मनोरञ्जनात्मक प्रस्तुति प्रमुख आकर्षण हुनेछ।

कार्यक्रम Aspire Indian School, Jaleeb मा बिहान ११:३० बजे सुरु हुनेछ। यस आयोजनाको उद्देश्य नेपाली समुदायलाई सांगीतिक र सांस्कृतिक उत्सवमार्फत एकत्रित गर्दै नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्नु हो।

कार्यक्रमको मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्ज सहित प्रतिष्ठित संस्थाहरू रहेका छन्। कुवेतका प्रमुख मिडिया हाउसहरू मिडिया पार्टनरका रूपमा सहभागी छन्, जसले यस कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन मद्द्त पुग्ने छ।

आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्। साथै, कुवेत सरकारद्वारा मादक पदार्थको सेवनमा प्रतिबन्ध रहेको हुँदा कार्यक्रमस्थलमा यस प्रकारको कुनै पनि गतिविधि नगर्न विशेष अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...