रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर आवाज हुनेछ । रबि माथि राज्य संयन्त्रको प्रयोग बदनियत राखेर अपमानजनक ढंगले जे भईरहेको छ त्यसले हरेक न्यायका पक्षधर आम मानिसलाई दुःखाएको छ ।
सडक मा जानुस, शहरमा जानुस, गाउँमा जानुस, अनि सर्वे गर्नुस जो सचेत पंक्ति छ उसलाई सोध्नुस ।
रबि माथि जे भईरहेको छ, के त्यो सही भईरहेको छ ?
पक्कै पनि अधिकांश जवाफ तपाई ले “छैन” भन्ने नै पाउनु हुनेछ ।
नेपाल को ईतिहास मा पहिलो पटक कुनै राजनैतिक दलको सभापति लाई यसरी आरोप लगाएर थुनिएको छ जुन आरोप लगाउने मानिस र थुन्ने मानिस एउटै हुन । अर्थात सत्तारुढ दल का कार्यकर्ता लाई पुरक जाहेरी गर्न लगाएर रबि लाई थुनिएको छ । एउटै समय मा मानव तस्कर को आरोप लागेका सत्तारुढ दल का नेता लाई मुद्धा चलाउन नपर्ने भनेर छाडिन्छ र सहकारीमा “रबि” ले रकम अपचलनमा कुनै भुमिका रहेको प्रमाण छैन भनिएको संसदिय समितीको प्रतिवेदन माथि टेकेर सार्वजनिक तथ्य को उपहास गर्दै पुरक जाहेरी गर्न लगाएर थुनिन्छ । यो भन्दा राम्रो सुशासन अन्यत्र कुन प्रजातान्त्रिक मुलुकमा देख्न सकिएला ?
संसदिय समितीले कारबाहि गर्नु भनि “रबि” सहित अन्य चार जनालाई किटानी रुपमा नामै उल्लेख गरेको देखेनौ ? भन्नेहरु पनि छन । यस विषयमा मानिसहरुमा दुविधा उत्पन्न हुने ठाउँ नियतबस राखि दिएको छ । जुन कुरालाई समितीका सदस्यहरुले आ आफ्नो बुझाई अनुसार स्वीकार गरेको देखिन्छ । तर गोरखा मिडियामा गएको रकम को हकमा प्रचलित कानून बमोजिम छानविन गर्नु भन्ने अर्थमा लेखिएको समितीको प्रतिवेदनको भाषा, भाव र कानूनलाई सरकारले लत्याएर “रबि” माथि किन यस्तो जवरजस्ती भईरहेको छ कुरा छर्लंग छ । यहाँ कुनै कानून ले काम गरेको छैन सवै कुरा हुकुम बक्स भएर भईरहेका छन । यो कुरा सामान्य नागरिक ले बुझेको छ तर सरकारलाई “रबि” सिद्धयाउनु छ ।
गोरखा मिडिया लाई सहकारी छानविन समितीको क्षेत्राधिकारले छुदैन । सहकारीको रकम अपचलन का लागि बनेको छानविन समितीको प्रतिवेदन ले “रबि” लामिछाने दोषि देखिन्दैनन । तथ्यले “रबि” लाई समाउन भन्दैन । तर पटक पटक म्याद थपेर रबि लाई देश दौडाहा गराई रहेको छ । यो तमासा कति निर्लज्ज छ , कति व्याभिचारपूर्ण छ , कति हुकमी र तानाशाही छ जनताले बुझेका छन । सत्ता र शक्तिको खुल्ला उपहास र कानून माथि भद्दा मजाक भईरहेको छ ।
गोरखा मिडियामा मैले चेक काट्दा कहि कतै गैरकानूनी काम गरेको भए, कहि कतै अपचलन देखिए सोही अनुसारको भागि हुन तयार छु भनेर “रबि” ले शुरुमा नै भनेको कुरा लाई पनि अनसुना गरिएको छ । कम्पनी ऐन बमोजिम गोरखा मिडियाको सञ्चालन र नियमन तथा कारबाही गर्न सम्बन्धित ऐन आर्कषित गर्न पनि सरकार डराएको छ । किनकी त्यहाँ पनि “रबि” मार्फत कुनै अपचलन भएको पाईने छैन । किनभने “रबि” गोरखा मिडिया सञ्चालन भई रहेको अवस्थामा त्यहाँ को दायीत्वबाट फरफराक लिएर मिडिया छाडेको जग जाहेर छ ।
एक थरी ले “रबी” निर्दोष छन भनेर कराई रहने , अर्को थरी ले रवि ले नै यो देश विगारेको हो जस्तो गरेर महिनौ सम्म थुनिरहने कारण के होत ?
कारण स्वभाविक छ । उनीहरुको लुटको साम्राज्य भित्र “रवि” को नेतृत्वमा रास्वपा को उदय हुनु , जसले सवै भ्रष्टहरुलाई जेल कोच्ने कुरा गर्छ ।
“रबि” लाई जिउदो राखे आफू लाई मर्न बाध्य पार्ने खतरा उ बाट देखेका छन । काष्टिंग उनीहरुले हेरिसकेका छन । रास्वपा लाई शक्तिमा आउनबाट आफूहरुसँग शक्ति भएका बेला नरोके भोली ३५ बर्ष देखि खाई-पाई आएको लुटको साम्राज्य खोसिने संभावना छ । अनि अहिले जे भईरहेको छ त्यो कुनै अनौठो मान्न पर्ने कुरा होर ?
शक्ति कायम राख्न सेनामा शत्रुको आक्रमण पूर्व नै तिब्र गतिमा प्रत्याक्रमण गर्ने रणनिती हुन्छ तर राजनितीमा अंक गणित देखाएर शक्ति हत्याउने र कानून लत्याउने काम उग्रगतिमा गरिन्छ । अहिले को सरकारले त्यही गरिरहेको छ । यसो गर्नमा एमाले-कांग्रेसको शिर्ष नेतृत्व एक मत छ । देशका सवै अंगमा उनिहरुका कार्यकर्ता ले भरिएको बेलामा अरु कोही त्यहाँ प्रवेश नगरोस भन्ने चाहाना पनि स्वभाविक हो तर प्रजातन्त्रले यस्तो भन्दैन । यो तानाशाही प्रबृती हो । तानाशाहहरु आफ्नो स्वार्थमा धक्का लाग्ने देखे पछि जे गर्न पनि तयार हुन्छन, यसर्थ जनता बाहेक कसैले पनि “रबि” लाई बचाउन सक्दैन । “रबि” झुकाउने नत्र सिद्धयाउने खेल अन्र्तगतको अहिले जिल्ला दौडाहा भईरहेको हो । रबि ले आफूलाई कुर्वान गर्न परे पनि पछि पर्न हुदैन तर झुक्न हुदैन ।
अहिले देशका विभिन्न भागमा उपनिर्वाचन हुन गईरहेको छ । यसले केन्द्रिय राजनिती वा राज्य सत्ताको समिकरणमा केही फरक पार्दैन तर रबि लाई जेल मा थुनेर नयाँ शक्ति र युवा पिडीको भावना माथि भईरहेको प्रताडना लाई जवाफ दिने औजार भने हुन सक्छ । आज एमाले-कांग्रेस का कोही पनि न्याय प्रेमी मतदाता, कार्यकर्ता तथा शुभचिन्तकहरुले “रबि” माथि भएको अन्याय लाई बुझेका छन उनीहरुले रास्वपा बाट जहाँ जहाँ जुन-जुन उमेद्धार चुनाव लडेका छन तिनलाई आँखा चिम्लेर मत दिन पर्दछ । त्यो उमेद्धार कस्तो छ भन्ने कुरा यतिबेला गौण विषय हो । मुख्य कुरा रास्वपाको घण्टीमा मतदान गर्नु भनेको राज्य लाई जनता सचेत छन, तिमी ले बाटो विराउदैछौ भन्ने सन्देश दिने काम गर्नु हो ।
देशमा सुधारको अपेक्षा गरेका जनताको मत रास्वपामा जानु पर्दछ । सवै परिक्षण भईसकेका शक्ति लाई नै मत दिएर देशमा केही भएन भन्ने अधिकार कसैलाई हुदैन । कि त जे छ यहि हो स्वर्ग भन्न परर्यो नत्र नयाँ शक्तिहरु मार्फत देशलाई बदल्न सक्नु परर्यो । जो जहाँ हुनुहुन्छ । त्यही पार्टीमा रहेर पनि रास्वपा लाई मत जाहेर गर्नु पर्दछ । रास्वपा विकल्प हो । आफूले समर्थन गरेको दलको नेतृत्व भ्रष्ट, निरंकुश र स्वच्छाचारी भईरहेको छ भन्ने लाग्छ भने उनीहरुलाई सवक सिकाउने बेला पनि हो ।
“रबि” लाई थुनेका चालिस दिन हुन लाग्यो । कानूनको मकसद विपरित त्यहाँ लेखिएको ९० दिन को प्रावधान लाई टेकेर उनीहरुले जिल्लासार गर्दै , संगठित अपराध, ठगी, रकम अपचलन, सम्पती सुद्धिकरण के के कानून लगाउन सकिन्छ , के के फतुर लगाउन मिल्छ लगाएर, संभव भए न्यायलय लाई समेतलाई प्रभाव र दवावमा राखेर “रबि” को राजनैतिक भविश्य सिद्धयाउने अभ्यास भईरहेको छ । सरकारले आफ्ना प्राामिकताका सवै कुरा लाई गौण रुपमा लिदै “रबि” लाई सिद्धयाउने मिसन लाई प्रमुख रुपमा लिएको छ । त्यसैले सरकारको यस्तो गैरन्यायीक रबैयाको जवाफ दिने मिनी जनमत संग्रहका रुपमा मतदानमा भाग लिएर घण्टी बाहक उमेद्धार मार्फत तपाई हाम्रो आवाज बुलन्द गर्न पर्दछ । यो मौका हो अन्याय को विरुद्ध जवाफ दिने ।
उपनिर्वाचनमा रहेका सवै स्वतन्त्र उमेद्धारहरुले गंभिर भएर सोच्न पर्दछ । उहाँहरुले बुझ्न जरुरी हुन्छ की आज रास्वपा माथि जे भईरहेको छ त्यो भोली उहाँहरु माथि त्यहि परिवेशमा त्यही स्तरमा पुराना दलहरुले दुःख दिने छन । रास्वपा लाई सहयोग गर्ने नकी उसका मतदाता विभाजन गर्ने बेला हो । स्वतन्त्र उमेद्धारहरुले यो कुरा बुझ्दैनन भने अन्तत उनीहरु पनि तिनै दलहरुका गोटी शिवाय अरु केही होईनन भनेर बुझ्न पर्ने हुन्छ ।
सरकार !!
“रबि” लाई नव्बे दिनमा ७७ जिल्ला घुमाई दे । अदालती न्यायमा प्रभाव पार्न जति सक्छस त्यो पनि गर । रबि लाई न्याय मिलेन भने पनि रास्वपा लाई जनताले न्याय गर्ने छन । त्यहाँ हजारौ “रबि” जन्मने छन । राजनितीमा कसैले गरेको त्याग को फल उसैलाई मिल्न पर्दछ भन्ने हुदैन । राजनिती क्षणीक हुदैन, यो निरन्तर बगिरहने हिमनदी जस्तै हो । देशका लागि र भावि पुस्ताको भविश्यका लागि राजनितीमा आउने जो कोही बलिदानी हुन सक्छ । त्यति कुरा बुझेर नै “रबि” ले राजनितीमा कदम राखेको होलान, उनले सवै सहन्छन, सरकार भस्मासुर नृत्यमा रमाई रहोस । आफ्नो हात टाउकोमा राख्ने काम उसले गरिहेको छ । पृथ्वी गोल छ । पालो सवैको आउने छ ।
मौका यहि हो तेरो ईगो ईगो मेटाएर छाड । कसैको राजनितीक शाख जोगाउने जिम्मेवारी र शर्त सहितको डेढ बर्ष आराम ले गरि खा । “रबि” लाई जेल मा राखेर कसको बदला तिरेर के गुण लगाउनु छ लगाइ राख । भ्रष्टचार जति गर्नु छ गर्दै गर । जनताले ८४ मा सवै हिसाव किताब गर्लान ।
हरेक वडामा निर्वाचित कांग्रेस एमाले का वडा सदस्य देखि सासंद मन्त्री, प्रधानमन्त्री सम्मलाई सम्पती सुद्धिकरण मा छानविन गर्ने दिनहरु देख्न पाईयोस, हरेक अमेरिका युरोपमा रहेका नेताहरुको घर परिवारका सदस्य र स्वयम उनीहरुको डुवल सिटिजनशिप रहेको खोजी गर्ने दिन आओस, हरेक ले विदेशमा जोडेको घर जग्गाको श्रोत खोज्ने सरकार बन्यो भन्ने समाचार कुनै दिन सुन्न पाईयोस, हरेक भ्रष्ट कर्मचारी, नेता, विचौलियाहरुको देश भित्र रहेका सम्पतीका श्रोतहरुको खोजी गर्ने सरकार बनेको देख्न पाईयोस । त्यस दिन देखि यो देशले कुनै देश सँग भिख माग्न पर्दैन । यो देशका युवाहरुले श्रीमती र बालबच्चा छोडेर विदेश जान पदैन । त्यहि दिनबाट यो देश को विकाश हुन कुनै समय लाग्दैन । अहिले “रबि” लाई लागेका सवै कानूनहरु राज्यबाट लाभ लिने जो सुकैलाई जुन दिनबाट लाग्न शुरु हुन्छ त्यो दिनबाट यो देशको सम्बृद्धीलाई कसैले रोक्न सक्दैन ।
-तोयानाथ उपेक्षित, दाहाल