Wednesday 4th March 2026

के त्यो साच्चै जनता जाग्ने जागरण सभा थियो त ?


बालकृष्ण घिमिरे , बनेपा काभ्रे – जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त  स्वतन्त्र ( बालेन ) , रवि र दुर्गाहरुबाट तर्सिएर उनीहरुको उछित्व काट्नेलाई नै पो जागरण सभा भनिएको रहिछ । जस्ले जे सुकै भन, उल्लेखित पार्टी र व्यक्तिहरु माथी खनिनु भनेको एमाले सक्किनु हो । त्यो सक्ने काम हिजो एमाले र जनताबाट हिरो भएका ओलीबाटै हुँदै छ । हिजो काङ्ग्रेसले रविका विरुद्ध संसदमा बिष बमन गरिरहदा रबिलाई गर्ल्याम अंगालो हाल्ने ओली आज किन रविसंग राजनैतिक प्रतिशोध साध्दै छन ? हिजो दुर्गा प्रसाईलाई एमालेमा भित्राएर ठूलो उपलब्धि हासिल गरे भन्ने ओली आज किन दुर्गा प्रसाईं देखि टाउको दुखाउदै छन ? जनता र अझै भन्नू पर्दा एमालेमा आस्थावान स्वस्छ छवि भएका ब्यक्तिहरु हिजोको जस्तो जे भन्दा , बोल्दा र गर्दा पत्याउने खालका छैनन् आज । बालेन , रवि र दुर्गाहरुको पछि कुद्नु पर्ने हैसियत थिएन ओलीको ।

भारतीय नाकावन्दीका विरुद्ध डटेर खटेका ओलीलाई राष्ट्रपिता भन्ने तिनै जनता हुन , जो आज ओलीका बिरुद्ध खनिएका छन । आजका युवाहरु भाषण हैन काम भएको देख्न र सुन्न चाहान्छन् । केही आफ्ना अन्धभक्तहरुलाई सोशल मिडियाहरुमा अराजकरुपमा प्रस्तुत हुन निर्देशन दिनु ओलीको अर्को असफलता हो । बामदेव र माकुनेहरुले पार्टी बिभाजन गर्दा समेत कतै नडगमगाएका तल्लो तहका धेरै युवाहरु एमालेबाट बाहिरिएका छन । हुन त आजको एमालेलाई मीन बहादुर , बिजुलीवाला व्यवसायीहरु र अझै भन्नुपर्दा राज्य दोहन गर्ने हैसियतका ठुला घरानियाहरुको साथ भए पुग्ने भएकोछ र त्यो सिसाको घर आउदो उप-निर्वाचनमै भत्किदै छ । चौरासी सालसम्म माकुनेको हैसियत बराबरको पो हुने हो कि एमाले ? चिन्ता छ ।

एमाले खस्किदै जादा सबैभन्दा बड्ता हड्डी भित्री रुपमा काङ्ग्रेसको हाँसेको छ । कुनै पनि देशी बिदेशी भनिएका शक्तिहरु लागेर पटक पटक एमाले पार्टी फुटाउन लाग्दा समेत जनताको साथ पाएको एमाले ठूलो शक्ति भैरहदा चिन्ता थियो त केवल काङ्ग्रेसलाई थियो र भित्री राजनैतिक रणनीति प्रयोग गरेर भ्रष्टाचारमा लिप्त भएकाहरुलाई परिचानल गरेर एमाले सिध्याउने खेल काङ्ग्रेसले बनायो र त्यो सफल उन्मुख हुँदै गएको छ ।

समग्रमा भन्नुपर्दा रातारात एमाले वा ओलीको नेतृत्वमा काङ्ग्रेस संगको गठबन्धन बनाएर सरकार बनाउने प्रस्ताव लिएर देउवा र आर्जु बालकोट जानु नै एमालेका लागि अभिशाप थियो ।

यथार्थ फरक होला तर प्रचण्डको नेतृत्व र रविको अगुवाइमा काङ्ग्रेस एमालेका ठुला भ्रष्टहरुका फाईल खोलिदै छन र आर्जु सहितका व्यक्तिहरु पक्राउ पर्दैथिए भन्ने कुरा नेपाली जनमानसले बुझेको छ । र त्यो रोक्ने मायुर खेलाडी झापाली केपि ओली नै हुन भन्दैछन जनता ।

पछिल्लो समयमा स्वयम् ओली यो वा त्यो नामवाला काण्डहरुका आरोप खेप्दैछन त्यो पनि हिजो ओलीले नै पार्टीमा छिराएको व्यक्ति जो आफुलाई ओलीको नाति भन्न रुचाउथ्यो । ओलीले आफ्नो श्रीसम्पती राज्यको नाममा गर्दिएको कुरा गरिरहदा पत्याउनेवाला छैनन् जनता । त्यसको वास्तबिकता पार्टी भित्र र बाहिरका भ्रष्टहरुलाई संरक्षण गर्नु नै हो ।

काठमाडौका मेयर बालेन शाहा ओली लगायतका पुराना दलहरुले बनाएका कानुनको ठेडीमा टेकेर कानुन कार्यान्वयन गर्दै छन । चाहे ति सडक अतिक्रमणका मुद्दा हुन , भुमाफियाहरुले गरेका सरकारी सम्पती हस्तक्षेप होस वा सत्ताको नेतृत्व गरेर सडकमा ताण्डव नाच देखाउँदा भएको क्षती वा फोहोरको विषयमा होस् , बालेन कानुन सम्मत तरिकाले अगाडि बढेका छन र त सिङ्गो सरकार र ओली पंक्ति लाग्दा समेत बालेन निडर छन । उनको साथमा कानुन र जनता छन , त्यसैले जनता भन्दै छन एमालेको जागरण सभालाई ओझेलमा पार्ने गरि एक लाख जरिवाना गर्ने बालेनको निर्देशनको जय होस । गजेडी , ट्यापे , र्यापर जे जे भने पनि केटो चाहिँ आँटिलो रहेछ है । यो हिम्मतलाई चाहिँ सलाम । अरुलाई कानुनको पाठ पढाएर नथाक्ने र आफुहरुले नै बनाएको कानुनलाई पाहिलै पिच्छे उलंघन गर्नेहरुलाई कानुनी रुपमै सवक सिकाउँदै छ त्यो उर्जावान केटोले ।

नोटः लेखक एमालेका संगठित सदस्य हुन र अहिले प्रायः निष्क्रिय छन् ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...