Sunday 23rd August 2026

माङसेबुङ सरोकार समाज कुवेतद्वारा आयोजित महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती सम्पन्


महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ।
कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलनबाट गरियो। प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङ सहभागी थिए। अन्य विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष रणध्वज लामा र नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल उपस्थित थिए।

कार्यक्रमले सांस्कृतिक विविधताको झल्को पनि प्रस्तुत गर्‍यो। नगेन्द्र खजुम, डिबी राई, सुन्दर परियार, र भिम तामाङले गायन प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्ध भए। त्यसैगरी, अनिस लावती, सोफिया लिम्बू, सुमि लिम्बू, र गङ्गा सुनुवारले प्रस्तुत गरेका नृत्यहरूले माहोलमा उत्साह थपेको थियो।

वक्ताहरूले महागुरु फाल्गुनन्दको योगदानबारे विचार राख्दै उनको शिक्षा र सिद्धान्तले समाज सुधारमा पुर्‍याएको प्रभावबारे प्रकाश पारे। महागुरुले दिएको मानव एकता, धार्मिक सहिष्णुता, र समाज सुधारको सन्देश अझै पनि सान्दर्भिक रहेको भन्दै वक्ताहरूले यस्ता कार्यक्रमहरूले प्रेरणा दिने उल्लेख गरे।

माङसेबुङ सरोकार समाज कुवेतका अध्यक्ष अमित किरातीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले महागुरुको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमहरूको निरन्तरताको महत्त्वसमेत व्यक्त गरे।

कार्यक्रमको सञ्चालन अनिश लावती र सुरेन्द्र पंधाक लिम्बूले गरेका थिए। महागुरुको आदर्शलाई सम्झिँदै, यो कार्यक्रम नेपाली समुदायका लागि सांस्कृतिक र धार्मिक प्रेरणाको स्रोत बनेको थियो।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...