Saturday 21st December 2024

साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि


दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।

योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ


सम्बन्धित शीर्षकहरु

लुलु कुवेतका निर्देशक, श्री मुहम्मद ह्यारिसले संयुक्त अधिराज्य र कुवेत राज्यबिचको आधिकारिक कूटनीतिक सम्बन्धको १२५ औँ वार्षिकोत्सव मनाउन ब्रिटिस दूतावासले…

दमास्कस: दमास्कसको उम्याद स्क्वायरमा, सयौं बिहीबार भेला भए, सार्वजनिक जीवनमा महिलाहरू समावेश गर्ने लोकतान्त्रिक राज्यको माग गर्दै, इस्लामवादी नेतृत्वको विद्रोहीहरूले…

कुवेत सिटी, कुवेत मौसम विज्ञान विभाग ९एमडी०ले साताको अन्त्यमा दिनभरको मौसम सामान्यतया चिसो र राती धेरै चिसो हुने पूर्वानुमान गरेको…

प्रतिकृयाहरू
...