Saturday 11th July 2026

साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग


काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्।

आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ।

समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन्।

बंगलादेश समूह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो। बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो। त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो।

त्यस्तै समूह बी मा भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो।


सम्बन्धित शीर्षकहरु

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

काठमाडौंमा दलाई लामाको जन्मदिन मनाउने विषयलाई लिएर पछिल्लो समय विवाद उत्पन्न भएको छ। यो विवाद केवल एउटा जन्मदिन समारोहको विषय…

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

प्रतिकृयाहरू
...