Tuesday 15th July 2025

हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा- कुवेत साँस्कृतिक मञ्च


कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ ।

कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन ।

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको २३ औं सांगीतिक प्रस्तुति हो । मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बिशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...