Friday 25th September 2026

हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा- कुवेत साँस्कृतिक मञ्च


कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ ।

कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन ।

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको २३ औं सांगीतिक प्रस्तुति हो । मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बिशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...