Thursday 24th October 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय त्रिचालिसौँ भाग (१४३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०४/२८
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।

दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।

अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

हिजोआजका मानिसहरूको सोख अनौठो
जिम्मेवारी बढेको छ कसैको बोझ अनौठो
बुझेर बुझी नसक्नु भयो माग पनि कति
दुध चुसी भात ओकल्ने हेर रोज अनौठो
काम बिर्सी अधिकार सम्झने होस अनौठो ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

दुई मनको मिलनमा नाता जोडिन्छ किन ?
असह्य पीडामा मनैले नाता तोडिन्छ किन ?
निराकार छन् प्रभु जानेर शरणमा परौँ
दुःख पीडामा मात्र प्रभु नाम घोकिन्छ किन ?
कलह क्लेशमा सबै उन्नति रोकिन्छ किन ?
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ३

आफ्नो मन डगेको बेला
खुसी जति लगेको बेला
अनेकौं दु:ख आईरहन्छ
प्रकृतिले ठगेको बेला
गाउँ बस्ती बगेको बेला ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

श्रावण महिना शिवकाे महिना शिवपुजा गर्नु पर्छ
घरमा बसेर कहाँ हाेला शिव मन्दिरमा झर्नु पर्छ
मागेकाे जति सबै दिन्छन् भक्तलाई शिव प्रसन्न हुँदा
अब यहाँ अरु उपाय छैन शिव शरणमा पर्नु पर्छ
जन्मे लिने सबैले आखिर एकदिन पक्कै मर्नु पर्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ५

धर्म गरे हुन्छ पार जिन्दगीको
अनुपम होला सार जिन्दगीको
सुन्दर जिन्दगी बुझ्न सकेपछि
कुसुम झैँ हुन्छ हार जिन्दगीको
माहुरीको सरी घार जिन्दगीको ।

– आर्त अकुलीन

पञ्चाङ्ग ६

युवा सबै फर्केर आऊ अब
विदेशतिर भो नजाऊ अब
खनजोत गरेर आफ्नो खेत
जे फल्छ मिठो मानी खाऊ अब
वर्षको एकजोर लाऊ अब ।

• देवी पन्थी

पञ्चाङ्ग ७

भ्रष्टाचार घटाउने भनेर कुर्लंदै कुरा गर्‍यौ किन
चाप्लुसी सारा गरेर आफ्नो मात्र भुँडी भर्‍यौ किन
निस्वार्थको बाटो हिडेनौ कहिल्यै,उत्तर देऊ अहिल्यै
विदेशी सामू घुँडा टेकी ज्यूहजुरीमा पछि सर्‍यौ किन
यता फेरि लाजै नमानी उल्टोसुल्टो भ्रम नै छर्‍यौ किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ८

धर्म केहो पाप केहो चिने आफै राम्रो
राम्रो नराम्रो सबैले बिने आफै राम्रो
मानवहरू चेतनसिल पराणि हुन्
सबै जाने केलिने केदिने आफै राम्रो।
कसैको अधिकार नछिने आफै राम्रो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ९

निल गगन तल हरिया डाँडा खुलेको देखियो
रङ्गीचङ्गी फूलहरूमा भमरा डुलेको देखयो
प्रकृतिको अदभूत त्यो शक्तिले यतात्यता वरिपरि
पारी त्यो डाँडामा सुन्दर चमेली फुलेको देखियो
घर आँगनमा सानी पिङ खेल्दै झुलेको देखियो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १०

मीठो वचन दिए पनि झर्कने नगर
दुनियाँको कुरा सुनेर भर्कने नगर
बाहिर त सबै राम्रो छ भित्र के थाहा छ
बलेको शरिरमा घिउ छर्कने नगर
सकिएको खोक्रो मुटुमा चर्कने नगर ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ११

नसके कि सत्तामाथि जान खोज्ने रैछन्
मौका मिलेसम्म सबै खान खोज्ने रैछन्
बाहिरको जस्तो भित्र कोही रहेनछन्,
आफू गए आफ्नालाई लान खोज्ने रैछन्
आफ्नो सुर कसे पछि मान खोज्ने रैछन् ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १२

सम्झनामा सधैं तिमी यसरी किन धाएको प्रिय
मेरो त्यो सपनीमा लुकिलुकि किन आएको प्रिय
यो दुखिसित दु:ख बाहेक अरु के पो थियो र खै
जान्दाजान्दै पनि मलाई माया किन लाएको प्रिय
सयौं जुनी सँगै हुने कसम किन खाएको प्रिय ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १३

हाँसो उठ्दछ समाचार सधैँ सुन्दा
जीवन बित्यो सरकार सधैँ गन्दा
सैद्धान्तिक धरातल मात्र के अर्थ
भिन्न आदर्शकाे करार सधैँ भन्दा
विकृति भित्रकाे सकार सधैँ फन्दा ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

👉 पञ्चाङ्ग 🇧🇹 १४

खोलो उँधै बगेको छ फर्किँदैन
बगाएर लगेको छ फर्किँदैन
जिन्दगी उस्तै छ, खाली चड्छ उँभो
सर्वस्व नै तगेको छ फर्किँदैन
समयले ठगेको छ फर्किँदैन ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग १५

जे देखिन्छ आफैलाई खास आफू हुन सकिन्न
धुँदैछु भन्छौं वाह्य यो तन भित्र धुन सकिन्न
यो आत्मा परमात्मासँग जोड्न सकिन्न है त्यसै
सच्चा योग ध्यान बिना उहाँलाई छुन सकिन्न
आत्मसाक्षात्कार नभई बन्धन फुन सकिन्न.

लक्ष्मी दास शर्मा ✍️
टासिछोलिङ, साम्ची, भुटान 🇧🇹

पञ्चाङ्ग १६

जली जाने शरीर यो हाम्रो
ढलि जाने शरीर यो हाम्रो
इच्छाहरू पुरा न भै कन
छली जाने शरीर यो हाम्रो
गलि जाने शरीर यो हाम्रो

खोम काफ्ले,✍️
दागाना,निचुला,भूटान,🇧🇹


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध…

इजरायलले सोमबार हिजबुल्लाहको वित्त विरुद्ध प्रभावकारी रूपमा युद्धको घोषणा गर्‍यो, आइतवारबाट सुरु भएको समूहको प्रमुख बैंकहरूमा हवाई हमला जारी राख्दै,…

माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको…

प्रतिकृयाहरू
...