Saturday 21st March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १८२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८१ साल भदाै ५ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार ज्ञाननिष्ठ ज्ञवलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै ज्ञवलीले साहित्य विज्ञानको विपरित विधा हो ।साहित्य आनन्द हो भन्नु हुँदै कवि लेखक साहित्यकार भनेको सामान्य कुरा होईन शव्दको मर्मज्ञ हुन् पातपतिङ्गर भित्रबाट खोजेर शव्दको रस्वाश्वादन गर्ने अन्तिम लक्ष्य खोला नदीको समुन्द्र जस्तै साहित्यको मर्म खोज्ने हो भन्नु भयो ।ज्ञवलीले खोरिया तीज गीतमा सुन्दर हुने रहेछ भन्नु हुँदै वाचित कविताको संक्षिप्त टिप्पणी गर्नु भई चन्द्रागिरिले आज प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेकोमा धन्यवाद दिनु भई आफ्नो रचना वाचन गर्नु भयो ।

कलानिधि दाहाल,जगदीश्वर पोखरेलले साहित्यको सेवामा चसाप्रनेको १८२ औं श्रृङ्खला सम्मको योगदानको प्रशंसा गर्दै शुभकामना दिनु भई आ-आफ्नो रचना सुनाउनु भयो ।

कवि संगीता खरेलको सफल उद्धघोषणमा र यज्ञलाल सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु तिला लेकाली, ,लक्ष्मी प्रसाद मिश्र,उत्तम भेटवाल,बीर बहादुर लोहनी,झविकला खरेल (मूना) चन्द्रावती अधिकारी,यज्ञलाल सुवेदी,भगवति दवाडी,नरेन्द्र राज पोखरेल,तुलाराज पाण्डे,संगीता खरेल लगायत १५ जना साहित्यकारहरुले छन्द कविता,खोरिया,स्वतन्त्र कविता,चारु,आदि वाचन गरिएको थियो ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया अक्षर गणना ८/८/८/५ २९ अक्षरमा लेखिन्छ भने यो गद्य कविताको स्वरुप हो तर ३/२/३,३/२/३,३/२/३ को सूत्रमा लेख्यो भने यो खोरिया लोक छन्द हुन्छ भन्नु भयो । २९ अक्षरको खोरिया आफैमा पूर्ण हो तर शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै तीज विशेष खोरिया र अनुष्टुप छन्दको कविता सुनाउनु यहाहरुले समय दिएर कार्यक्रममा सहभागी भएकोले नै हामी आयोजकले कार्यक्रमलाई निरन्तरता दिन सकेको हो भन्नु हुँदै प्रमुख अतिथि ज्ञवली लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...