Saturday 26th September 2026

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने


कुवेत – बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ ।

कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले “समृद्ध बागलुङका लागि हाम्रो साझा प्रतिबद्धता” मुल नारालाई आत्मसाथ गर्दै गत १९ जुलाई २०२४ मा दिपक कुमार नेपालीको संयोजकमा तदर्थ समिति गठन गरेको थियो ।

बागलुङका विभिन्न ठाउँबाट कुवेत आएका बागलुङेहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, कुवेतमा रहेका विभिन्न नेपाली संघ – संस्था संग हातेमालो गर्दै सामाजिक कृयाकलापहरुमा सक्रिय हुने संयोजक नेपालीले बताए ।

कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिन समेत आयोजकले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...