Sunday 18th January 2026

नेपालमा पनि विद्रोहको आधार तयार हुदैछ


अहिले देशमा एमाले का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । जहाँ कांग्रेस को मुख्य हिस्सा छ । प्रमुख दुई ठुला दल मिलेर सरकार बनाएका छन । उनीहरुले सरकार बनाउदा संविधान संसोधन गर्ने काम लाई सरकार परिवर्तन गर्न पर्ने मुख्य कारण बताएका थिए । के तपाई लाई लाग्छ उनीहरुले संविधान संसोधन गर्छन ?

सरकार बनेको एक महिना नाघि सक्यो तर संविधान संसोधनका लागि कसैको विचार वा राय लिने खालका कुनै कार्यक्रमहरु भएका छैनन । बरु भ्रष्टचारी लाई हदम्यादको प्रावधान राखेर सदाका लागि उन्मुक्ति दिने कसरत भईरहेको देखिन्छ । यदि पाँच बर्षे हदम्यादको प्रावधान राखेर भ्रष्टहरुलाई उन्मुक्ति दिने हो भने त्यो भन्दा घोर जनघाती कदम अरु कुनै हुन सक्दैन । भ्रष्टचार एक महाअपराध हो त्यो कहिल्यै उन्मुक्ति को विषय बनाउन हुदैन । भोली का दिनमा ज्यानमारा लाइ र बलात्कारीलाई पनि हदम्याद राखेर त्यसरी नै छुट दिन पर्ने अवस्था ल्याउन खोजेको हो ? अब प्रश्न त्यता पनि उठछ ।

विक्रम संबत २०४६ देखि अहिले सम्म अर्थात वितेका ३४ बर्ष भित्रका सवै घटनामा दोषी पाईएका अपराधीहरु विरुद्ध मुद्धा चलाउने हो भने यो देशमा कति खरब भ्रष्टचार भएको छ भन्ने छर्लंग देखिनेछ । र ती सवै भ्रष्टचारमा यीनै पुराना राजनैतिक दलका नेताहरु, मन्त्रीहरु, तिनले पालिपोषेका कर्मचारी, सुरक्षा अघिकारी, सिडिओहरु र स्थानिय निकायका पदाधिकारीहरु पर्दछन । उनीहरु सँगै विचौलिया, तस्कर र माफियाहरु सबै को जेलमा बास हुन सक्दछ । यति बुझेका नेताहरु अहिले आएर भ्रष्टचारलाई हदम्यादको प्राबधान राखेर एकै पटक सामुहिक उन्मुक्तिका लागि प्रयास गरिरहेका छन । यो कुबुद्धी उनीहरुमा आउनुको कारण रास्वपा को उदय र त्यसपछि विकाश भएको जनआवाजहरु हो भन्दा फरक पर्दैन । नत्र यीनिहरुलाई यो ब्रह्म ज्ञान ३४ बर्ष पछि एकाएक कसरी आयो ? उनीहरुले बुझे की अब जनता सचेत भए । उनीहरुलाई यो लाग्यो की कतै न कतै अब नयाँ पार्टीहरु बहुमतमा वा शक्तिमा आउने भए ।

यीनीहरु देशको विकाश गर्ने र जनताका लागि सोच्ने दल वा नेता हुन्थे भने यति कै समय मा कोरिया कहाँ पुग्यो ? मलेशिया ले के गरर्यो ? सिंगापुर कसरी बन्यो ? ईजरायल देश निर्माण भएको सय बर्ष को हाराहारी मा युरोप भन्दा उन्नत र शक्तिशाली कसरी भयो भनेर सोच्थे होला ।

यसलाई पुष्टि गर्ने प्रमाण भनेको नै एमाले र कांग्रेसको मिलन हो । यीनीहरु प्रचण्ड लाई तह लाउन वा प्रचण्डले दुवै लाई भिडाएर फाईदा उठाए भनेर मिलेका होईनन । दुवै दलका बेकुफ कार्यकर्ता लाई यस्तो कुप्रचार गर्न लगाएर असलियत छुपाउन लगाउने गरेका छन । यीनले संविधान होईन ऐन संसोधन गर्न चाहान्छन । जुन जुन ऐन ले आफ्नो विगत खोतल्छ ती ती पानाहरु मेटाउन एक भएका हुन । यीनीहरुले राष्ट्रिय पार्टी हुनका लागि थ्रेस होल्ड बढाएर १० प्रतिशत बनाउने भन्दैछन त्यसमा चित्र बहादुर केसी जस्ता छिचिमिरे दलहरु को रुवाबासी शुरु भएको छ । बाहिरबाट झ्टट हेर्दा यो ठिक गर्न लागे भने जस्तो लाग्छ तर यहाँ पनि बदनियत धेरै छ । रास्वपा, राप्रपा, वा अन्य मधेसवादी दलहरुलाई रोक्ने र दुई दलको हाली मुहाली कायम राख्ने नियत यसमा लुकेको छैन तर त्यो उनीहरुको भ्रम मात्र हो । के १० प्रतिशतको थ्रेसहोल्ड मात्र च्याखे पार्टी बन्द गर्ने विकल्प हो त ? होईन । संविधान संसोधन गरेर निर्वाचन क्षेत्र आधा घटाई दिने हो भने यो समस्या आफै समाधान हुन्छ । राष्ट्रिय सभा लाई हटाई दिए हुन्छ । समानुपातिक प्रणाली खारेज गर्न पर्दछ । अहिले सम्म त्यो सभा ले गरेको राम्रो काम के छ ? त्यो त प्रतिनिधी सभाको सेटलाईट को रुपमा काम गरिरहेको छ । राष्ट्रिय सभा र प्रदेश सभा दुवैको कुनै काम छैन । समन्वय गर्ने विशेषाधिकार सहितका केही संयन्त्र बनाउदा देशमा अरबौ को बजेट बच्दछ जसलाई विकाश मा लगाउन हरेक बर्ष एउटा एउटा जिल्ला को चेहरा नै बदलिन सक्छ । जनताको समर्थन नभएका च्याखे दल र भुरे पार्टीहरु यति गरे पछि आफै साईड लाग्न सक्छन । यी ठुला भनिएका दल को दिल र दिमाग ठुलो भए अरु दलहरु जनताले खोज्दै खोज्दैनन तर यीनको प्वाख पलाउदै गएर हो की किन हो जनविरोधी हर्कत गर्न छाडेका छैनन । यहि पारा हो भने थ्रेस होल्ड ५० प्रतिशत राखे पनि नयाँ शक्ति उदएरै छाड्नेछ । त्यो दिन अब धेरै टाढा छैन ।

बर्तमान सरकार मा रहेका चेहरा हेर्दा देश दुनिया कसैले पत्याउदैनन की यीनिहरु बाट देशको भलो हुन्छ । अरु को तुलनामा केपी ओली लाई गाली गर्नेहरुले पनि भित्र भित्रै माया गर्दछन भन्ने कुरा पक्कै सत्य हो । तर यो सरकार ओली को होईन भन्ने बुझनु पर्दछ । ओली को हुन्थ्यो भने धेरै पहिले नै हुने थियो । यो विआरआई को विरोध र एमसीसीको कार्यन्वायन गर्न बनेको अमेरिकन लबी को नाटोको सरकार हो । भारत लाई विश्वास मा लिन मात्र यीनले सत्य निरुपण तथा मिलमिलाप सम्बन्धि विधेयक पास गरेका हुन । प्रचण्ड भारतका खास विश्वास पात्र हुन । उनलाई जोगाउन पर्ने यीनलाई बाध्यता छ । यीनले भ्रष्टचार सम्बन्धि विधेयक मा जुन हदम्यादको व्यवस्था गर्न लागेका छन त्यहाँ आधिकारीक रुपले विरोध एमाले, कांग्रेस र माओवादीले गर्ने छैनन । किनकी यसको लाभ यी तिन वटै दल लाई हुने छ । त्यसो भए ओली किन कांग्रेससँग मिलेर सत्ताको नेतृत्व लिए त भन्ने सवाल उठ्न सक्छ । यसको कारण हो एमाले को अस्तित्व रक्षा र पदिय लोलुपता । नेपाल अब भारत वा अमेकिन लाई चिढयाएर टिक्ने वाला छैन । चीन ले हस्तक्षेप पनि गर्दैन अप्ठयारो पनि पार्दैन र काध पनि हाल्दैन भन्ने ओली र एमाले ले बुझेका छन । भारतीय सहयोग नरहदा देश चल्दैन भन्ने पनि प्रष्ट हुदै गएको छ । यसर्थ एमाले लत्रिएर सत्तामा जानुको विकल्प थिएन ।

देशमा नयाँ जनविद्रोहका आधार तयार हुन का लागि कांग्रेस एमाले को मिलन आवश्यक थियो आज त्यही अनुकुलता तयार हुदैछ । एमाले नभए कांग्रेस र कांग्रेस नभए एमाले भन्ने एउटा झिनो आशा पनि अब एकै पटक टुटने भएको छ । यसपछि के त भन्ने सवाल उठ्छ । त्यही सवाल को सेरोफेरोमा विद्रोहको जन्म हुन सक्छ । जनविद्रोहका लागि धेरै आधारहरु चाहिन्छन । यो रातारात दुर्गा प्रसाई जस्ता मानिस कुर्लेर हुने कुरा होईन । बस्तुगत ठोस स्थिती निर्माण हुन आन्तरिक र बाह्य कारणहरु हुन पर्दछ । आन्तरिक कारणमा सवै टेस्टेड र निकम्मा पार्टी र नेताहरु को कार्यशैली जिम्मेवार हुदै गएको छ भने बाह्य कारणमा भारतिय र चिनिया चासो माथि ठेस पुग्ने गरी बाह्य शक्ति अमेरिकन तथा पश्चिमा को प्रवेश तिब्र रुपमा विकशित हुदै गएको छ । अब जनविद्रोह भएन भने व्यालेट बाटै विद्रोह हुन सक्छ भन्ने नेताहरुले बुझदै गएका छन । उनीहरु सुध्रिन सक्ने अवस्थामा छैनन बरु कसरी जोगिन सकिन्छ भन्नेमा थरीथरीका विधेयकहरु पास गर्दै जान सक्दछन ।
– तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...