Tuesday 31st March 2026

केही घण्टाको अन्तरालमा ईजरायलद्धारा दुई अलग देशका राजधानीमा हमास र हजबुल्लाह कमाण्डरको हत्या


लेबनानी समूह हिजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएको पुष्टि गरेको छ।

हिजो साँझमा लेवनानको राजधानी बेरुतमा उनी बसेको घरमा आक्रमण गर्दा उनी मारिएका छैनन भनिएको थियो । हिजो रातीको विहान अर्थात अन्दाजी आज विहानको २ बजे तेहरानमा हमासका राजनैतिक व्युरोका प्रमुख ईश्मायल हनियाको हत्या भएको समाचारले सनसनी मच्चियो तर आज हजबुल्लाह कमाण्डर स्ट्राईक गरिएको भवनमा पुरिएको मृत शरिर निकाले पछि हजबुल्लाहले उनी मारिएको पुष्टि गरेको हो ।

इजरायली सेनाले मंगलबार बेरुतमा “सटीक स्ट्राईक” गरेको बताएको छ जसमा शुक्रको मृत्यु भएको छ र शनिबार कब्जा गरिएको गोलान हाइट्समा माजदल शाम्समा फुटबल खेल्दै १२ बालबालिकाको मृत्यु भएको मिसाइल आक्रमणको लागि उनी जिम्मेवार थिए भनी उनलाई मार्न पर्ने कारण उल्लेख गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानी प्रोक्सी हमास, हिजबुल्लाह र हुथीहरू विरुद्ध सफल हिटहरूको रूपरेखा दिए र इजरायलीहरूलाई आगामी चुनौतीपूर्ण समय भएको चेतावनी दिए।

शुक्र को थिए?
शुक्र, जसलाई अल-हज मोहसेन पनि भनिन्छ, पूर्वी लेबनानको बालबेकको नाबतीहमा जन्मिएको थियो। सन् १९८२ मा इजरायलले लेबनानमा आक्रमण गरेपछि उनी हिजबुल्लाहका संस्थापकमध्ये थिए। इजरायली सेनाका अनुसार, शुक्रले इजरायली सेना र यसको पूर्व सहयोगी, दक्षिण लेबनान आर्मी (SLA) को बिरूद्ध पछिल्ला दशकमा धेरै आक्रमणहरूको निरीक्षण गरे। इजरायलको खोजीसँगै शुक्र अमेरिकालाई पनि चाहिएको थियो।

अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटमा गरिएको पोस्टिङले शुक्रलाई २०१९ मा “विशेष रूपमा मनोनित विश्वव्यापी आतंकवादी” नाम दिएपछि जानकारीको लागि $५ मिलियनसम्मको रकम पुरस्कार दिने घोषणा गरेको थियो ।

मंगलबार, बेरुतको उपनगरको घनी जनसंख्या भएको क्षेत्रमा भएको आक्रमणले हिजबुल्लाहको शुरा काउन्सिल नजिकैको हरित हर्इक छिमेकमा आक्रमण गर्‍यो, यसको केन्द्रीय निर्णय गर्ने अधिकार ईजरायली प्रधानमन्त्री तथा गृहमन्त्रीलाई दिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले शुक्रको बिरूद्ध “लक्षित हत्या अभियान” को रूपमा वर्णन गरेको आक्रमणमा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको र 74 जना घाइते भएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...