Friday 16th May 2025

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण विरूद्धको प्रदर्शनमा १७४ को मृत्यु


बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । जारी प्रदर्शनमा अहिलेसम्म २ हजार ५०० पक्राउ परेको मंगलबार एएफपीले जनाएको छ ।

त्यहाँ सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको सङ्ख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको सङ्ख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।

तर विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नु पर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ । प्रदर्शन रोक्न देशभरमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्ष प्रविधि र लेजर सञ्चारको लागि उल्लेखनीय फड्को मार्दै, चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले पृथ्वीबाट उच्च-शक्तियुक्त इन्फ्रारेड लेजर प्रयोग गरेर चन्द्रमाको…

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

प्रतिकृयाहरू
...