Sunday 8th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय छतीस (१३६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३

……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १
दोषी छौ तिमी, मैले भनेको आफूलाई ठान्नु तिमीले
समय छ, समय छँदै सुध्रिनु पर्छ मान्नु तिमीले
जो बाट नि हुन्छ गल्ती, गल्ती मान्नु पर्छ सबै मान्छेले
होइन भने पाप कर्म प्रतिकारमा हान्नु तिमीले
बुद्धिजीवी मान्छे तिमी आफैँ,पाप धर्म छान्नु तिमीले ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

अधिकार भित्र छिरेर उन्मुक्त बन
अवरोधहरू चिरेर उन्मुक्त बन
स्वप्नको पङ्खले आकाशमा उड्नलाई
श्रमको उत्सर्ग तिरेर उन्मुक्त बन
आफ्नै पद्धतिमा फिरेर उन्मुक्त बन ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ३

कहिलेकाही भनेको मान्नु पर्छ
कि त भने आफैले नै जान्नु पर्छ
ढिपी के को लागि छोटो जिन्दगीमा
राम्रो नराम्रो आफैले छान्नु पर्छ
सिखरमा पुग्छु भनी ठान्नु पर्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

सही सल्लाह भए मान्नुपर्छ साथी
राम्ररी के हो कुरा छान्नपर्छ साथी
नबुझी अन्धभक्त हुनुहुन्न बुझ्यौ
भएको के हो त त्यो जान्नुपर्छ साथी
र पर हुँदा वर तान्नुपर्छ साथी ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ५

काम गर बानी हुन्छ
सेवा गरे दानी हुन्छ
हुन्न हेर अत्तालिनु
गल्ती जानी जानी हुन्छ
अन्त कुराकानी हुन्छ |

सरिता सेढाई धादिङ

पञ्चाङ्ग ६

खोइ किन हो कुन्नि छल गर्यो मायाले
धेरै दिन पछि फेरि कल गर्यो मायाले
यता उति भौतारी हिँडेको बेलामा
छेउमै आएर पो बल गर्यो मायाले
जेलिएको समस्या हल गर्यो मायाले ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ७

मनमा राम्रो सोच्दै दिमाग सधैं ताजा बनाए
खाना अहंकारको र घमण्डको खाजा बनाए
को हाकिम को पियन भोकै कोहि मर्ने थिएन
बिचारलाई रानी र कामलाई राजा बनाए
ज्ञानलाई गजा अनि शीपलाई बाजा बनाए ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग ८

काम जुनसुकै हाेस् मान्छेले जान्नु पर्छ
काम गर्दा मेरै लागि हाे भनी ठान्नु पर्छ
नत्र कहाँ सफल हुन्छ त मान्छे सजिलै
सानाले ठुलाले भनेकाे पनि मान्नु पर्छ
काम गर्दा ठिक बेठिक सबै छान्नु पर्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ९
पीडा लुकाएर हाँस्न सिकेकाेछु
थाेरै बचाएर राख्न सिकेकाेछु
आफू सानाे ठान्छु अरुकाे सामुन्ने
सत्रु फकाएर डाक्न सिकेकाेछु
दु:ख दबाएर बाँच्न सिकेकाेछु ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग १०

जसको पनि कुरा मानेर के गर्नु
अर्काको पुरै घर धानेर के गर्नु
परेको बेलामा कसैले हेर्ने होइन्
लाखौं लाखमा एक छानेर के गर्नु
देउता जस्तै मैले मानेर के गर्नु ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ११

कहिले माछा कहिले भुरा हेरेर
कहिले चक्कु कहिले छुरा हेरेर
गरिब मान्छे गरिबै भए आखिरी
खाएर बाँकी रहेको पुरा हेरेर
फुटेको उही हातको चुरा हेरेर ।
– आर्त अकुलीन

पञ्चाङ्ग १२

जीवन करले बिताउँ वा रमाई बिताऊँ
सधैँ सुन्दर बाटो आफैले समाई बिताऊँ
पौरखमा रामाउँनेले कत्ति झुक्दैनन् यहाँ
अबिचलित भएर बाटो ठमाई बिताऊँ
पैसा भन्दा मर्दाका मलामी कमाई बिताऊँ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १३

बर्षासँगै खेतमा झरेका खेताला
बिहानीमा हरियै भरेका खेतला
बर्षाले रौनक ल्याउछ जगतमा
एकअर्काको दुःख हरेका खेताला
धान रोपाइँ गर्न सरेका खेताला ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १४

मानिसभित्र सैतान पसेको देखी आश्चर्य लाग्छ
माथि पुगी फेरि तलै खसेको देखी आश्चर्य लाग्छ
इमानदारिताका लागि चिनिने ती मान्छेहरू पनि
यसरि भ्रष्ट कार्यमा फसेको देखी आश्चर्य लाग्छ
आफ्नैले नै उसैलाई डसेको देखी आश्चर्य लाग्छ ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १५

जनतामा अझै सचेतना भरेको देखिन्न
वास्तवमा गफाडीले काम गरेको देखिन्न
भ्रष्टलाई फूल वर्षाउँछन्,दु:खी तर्साउँछन्
दु :खमा सहयोगीको भर परेको देखिन्न
पीडा जस्ताको तस्तै समस्या टरेको देखिन्न ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १६

फल्ने फूल फलेर गयो
अल्छे फूल सडेर गयो
जीवन पनि फूल जस्तो
आधा दिन सुतेर गयो
बाँकी दिन उँघेर गयो ।

• देवी पन्थी

पञ्चाङ्ग १७

छानेको छु तिमीलाई हजारौँमा एक
मानेको छु तिमीलाई हजारौँमा एक
अन्जान को भेटपनि गर्छ भाग्यले नै
जानेको छु तिमीलाई हजारौँमा एक
ठानेको छु तिमीलाई हजारौँमा एक ।

खोम काफ्ले,
दागाना,निचुला, १ भूटान

पञ्चाङ्ग १८

मेरो त आँसु बाहेक केही छैन साथी
सुख सुविधा केहो? त्यो छैन चैन साथी
शान्ति आउँछ प्रभात बनी सन्ध्यासँग
मधुर सम्बन्ध कहिले भैन साथी
सोचे जस्तो पुग्ने त्यस्तो पनि हैन साथी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम…

आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा…

(एपी) - कुवेतले बुधवार आफ्नो योजनाको लागि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपर्दा सानो, तेल धनी राष्ट्रमा दुर्लभ सामूहिक मृत्युदण्डमा सात जनालाई…

प्रतिकृयाहरू
...