नारायण कोइराला – म सानै छँदा आमालाई कालले च्याप समायो।मैलेँ कालको हात समाउँदै भने,”दयामाया छैन।”
कालले हाँस्दै भन्यो।यो त मेरो काम हो।गलत काम किन गर्छौ।हामीलाई टुहुरा बनाउन पाइन्छ? मेरो निडरता देखेर कालले हेरिरह्यो। मैलेँ आमालाई बलियो गरी समाएँ। आमाले मलाई अचम्म मान्दै हेर्नुभयो।स-साना भाइबहिनी देखाउँदै काललाई भने, “आमा बिना हाम्रो हालत के होला?”के म यिनीहरूलाई पाल्न सक्षम छु।
कालसँग मेरो प्रश्नको उत्तर थिएँन।कालले आफ्नो काम गर्यो। मैलेँ कसम खाएँ।कालसँग बदला लिने।
भाइबहिनीले कहिल्यैँ दुःख पाएनन।
तानसेन,पाल्पा