Monday 6th April 2026

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री चयन


तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । हिजो १२ जुलाइ २०२४ का दिन कुवेतको फरवानियास्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न अधिवेशनबाट सन २०२४-२०२६ कार्यकालको लागि सोम बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । २११ अाैं भानु जयन्तीको छेको पारेर सम्पन्न गरिएको समाजको तेश्रो अधिवेशन समारोहमा भानुभक्त विशेष कविता वाचन तथा रामायण वाचन समेत गरिएको थियो ।

अधिवेशन अायोजक समितीका संयोजक सोम बहादुर खत्रीको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका तृतीय सचिव रेबन्त बहादुर केसीको प्रमुख अातिथ्यता तथा गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतका अध्यक्ष रणध्वज लामा तथा समाजका संरक्षक,सल्लाहकारहरूको विशेष अातिथ्यतामा सम्पन्न अधिवेशनका अतिथिहरूमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, कुवेतमा कृयाशिल मिडिया हाउसका पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी/वुद्धिजीवीहरू अतिथि रहेका थिए ।

तनहुँ जन्मथलो भइ कुवेतमा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम दिप प्रज्वलन र भानुभक्तको तस्बिरमा अविर र माल्यार्पण गरेर शुरू भएको थियो भने शुभकामना मन्तव्य दिने वक्ताहरूले अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिदै तनहुँ समाजले अधिवेशन तथा भानु जयन्ती एकैसाथ मनाएर समाजको हरेक वर्ष हुने कार्यक्रममा भानु जयन्तीलाइ समेत समेटेकोमा खुशी व्यक्त गरेका थिए । सन २००९ मा गठन भइ विगत केही वर्षदेखि निष्कृय रहेको समाजले पुनः कृयाशिल भइ यति भव्य अधिवेशन गरेकोमा धन्यवाद दिंदै सामाजिक र मानविय सेवाका कार्यमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

अधिवेशन सँससँगै २११ अाैं भानु जयन्ती मनाइएकोले संस्थाका वरिष्ठ सल्लाहकार राजेन्द्र रसाइली “विरही” कार्यक्रममा सबैलाइ स्वागत गर्दै भानुभक्त विशेष कविता वाचन गरिएको उक्त कार्यक्रममा रामायण समेत वाचन गरेर सुनाएका थिए भने शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले समेत भानुभक्तलाइ स्मरण गर्दै काव्य रचनामा नयाँ शैलीको विकास गरेका नेपाली भाषाको अाधुनिककालका प्रथम कवि भानुभक्त र उनले नेपाली भाषा र साहित्यको विकासको लागि खेलेको अग्रणि भूमिकाको चर्चा गर्दै भानु विशेष कविताहरू समेत वाचन गरेका थिए ।

तेश्रो अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।

कार्यकारीहरूः
अध्यक्ष – सोम ब. खत्री
बरिस्ठ उपाध्यक्ष – ईन्द्र बहादुर थापा
महिला उपाध्यक्ष – मधु थापा
महासचिव – मीन ब. थापा
सह सचीव ( दया बिक्रम देवकोटा
महिला सचिव – माया मल्ल
कोषाध्यक्ष – मिस्रा मल्ल
सह कोषाध्यक्ष – मेग ब. आले

खेलकुद बिभाग प्रमुख निरज क्षेत्री
सास्कृतिक बिभाग प्रमुख – दिल
समाज बिभाग प्रमुख – कुल ब. थापा
समाज बिभाग सह प्रमुख विशाल मगर
प्रवक्ता – सुरज थापा
सह प्रवक्ता – बिक्रम श्रेष्ठ

सदस्यहरुः
अशोक सिजाली
वसन्त थापा
भोग ब. पुलामी
बाबू राना
रेशम आले
चुम्मक आले
ज्योती आले
केशर थापा
केशु थापा मगर
मदन कुमाल
अनिल परियार
सुमन थापा
रामचन्द्र अधिकारी
केशु खत्री
तेजु राना मगर
डल्ली मगर्न
टीका मगर दाजु
शिव गुरुङ
बेल ब. मगर
मदन गुरुङ
तेजु राना मगर
शिशिर थापा

संरक्षक-सल्लाकारहरूः
संरक्षक – आनन्द आचार्य
प्रमुख सल्लाहकार – राजेन्द्र रसाईली “बिरही”
सल्लाहकार – प्रकाश गिरि
सल्लाहकार – सन्त लम्साल
सल्लाहकार – ईश्वर प्र. पोख्रेल
सल्लाहकार – अमृता राई
सल्लाहकार – पुर्णिम लामा
सल्लाहकार – लाल ब. घताने


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...