Wednesday 4th March 2026

कञ्चनपुरको दोधारामा अहिलेसम्मकै सर्बाधिक बर्षा, के भन्छ मौसम विभाग


कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८ः ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो ।

बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो ।

विभागले जारी गरेको विज्ञप्ति:

यस वर्ष जेठ २८ ९जुन १०० देखि पूर्वी नेपालबाट सुरू भएको मनसुन मिति २०८१र०३र१४ गते देखि २०८१र०३र२४ सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१ र ०३ र २३ र २४ गते अति भारी वर्षा भएको थियो। मिति २०८१र०३र२४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि।मि।, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि।मि। वर्षा भएको थियो।

वायुमण्डलिय तथ्यांक, भु-उपग्रहबाट लिइएको तस्विर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएतापनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापिय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

यस विभागको वि।सं। २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हाल सम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यस अघि मिति २०७४र०४र२९ गते (सन् २०१७ अगष्ट १३) हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५०र०४र०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मि.मि वर्षा मापन गरिएको थियो। यस मौसमी घटना सम्बन्धमा विभागले थप अध्ययन गरी जानकारी सार्वजनिक गर्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...