Saturday 26th September 2026

कुवेतमा घरेलु कामदारले निजि क्षेत्रमा भिसा लगाउन सक्ने


कुवेतमा घरेलु कामदारले जुलाई १४ देखि आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न सक्ने भएका छन्। यो अवधि सेप्टेम्बर १२ सम्म रहनेछ। अरब टाइम का अनुशार उपप्रधान, रक्षा, र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफले घरेलु कामदारलाई निजी क्षेत्रमा स्थानान्तरण गर्ने नियमन गर्ने निर्णय जारी गरेका छन्।

भिसा परिवर्तन गर्न पुरा गर्नुपर्ने नियमहरू निम्न छन्:

– स्थानान्तरण वर्तमान रोजगारदाता (स्पोन्सर)द्वारा अनुमोदित (स्वीकृत) हुनुपर्नेछ।
– कामदारले हालको रोजगारदातासँग कम्तिमा एक वर्ष काम गरेको हुनुपर्नेछ।
-५० दिनारको स्थानान्तरण (भिसा परिवर्तन) शुल्क लाग्नेछ, साथै प्रत्येक वर्ष सेवाको लागि थप १० दिनार लाग्नेछ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...