Saturday 26th September 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस २ अगष्टमा मनाउने


कुवेत- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५ औं स्थापना दिवस आगामी २ अगष्टमा मनाउने भएको छ । कुवेतको सालमियास्थित गोर्खा किचनको सभाहलमा अध्यक्ष एकराज मल्लको अध्यक्षतामा आज बसेको बैठकले १५ औं स्थापना दिवस तथा स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण साथै अन्तरक्रिया विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

माधव शाही स्मृति पुरस्कार छनोटका लागि संरक्षक जय आलेको सम्योजकमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला रहेका छन ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...