Sunday 22nd March 2026

अथकलाई कला साहित्य संस्कृति सम्मान


शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित भएका छन ।
सुख शान्ति मिडियाको हलमा शीत सन्ध्या कार्यक्रमक‍ो विशेष अवसरमा आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका अध्यक्ष मुरली प्रसाद ढकाल र प्रमुख अतिथि साहित्यकार डा. यादेवी ढकालद्वारा अथकले पाल्पा क्षेत्रबाट लघुतम काव्य शीत र त्रिशूलको परिकल्पना गरी रचना विधान र सैद्धान्तिक विमर्श सहितका कृतिहरू प्रकाशित गरी लघुतम साहित्यको व्यापिकरणका लागि पुराएको योगदानको कदर स्वरूप सम्मान गरिएको हो । यसका साथै प्रथम शीत उपन्यासकार दामोदर ढकाल दीपकलाई समेत कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित गरिएको छ ।

“शैक्षिक प्रशासनिक जिम्मेवारी वहन गर्दा गर्दै साहित्यका दुई दर्जन कृति प्रकाशित गरी शीत काव्यलाई अगाडि बढाउन लागिपर्नु भएका अथक र शीत काव्य समाज नेपालको यात्रा अझ अघि बढोस्” भन्दै प्रमुख अतिथि डा. यादेवी ढकालले दिनुभएको कार्यक्रममा बिशिष्ट अतिथि सुसेलीका अभियन्ता दुर्गा अधिकारी भमरकोटे र अग्रज कवि मुरली प्रसाद ढकाल रहनु भएको थियो अतथिहरूमा शीतकर्ण पुरस्कारद्वारा सम्मानित व्यक्तित्व शीत ईश्वर देशभक्त सिंह कुॅवर,मानार्थ शीत ईश्वर लव जोशी पूर्व सहायक रथि तेज प्रकाश वाँनिया,पुर्व सेनानी टंक बहादुर खत्री, कुल बहादुर ढकाल, कवि द्वारिका कुॅईकेल,चन्द्रा न्यौपाने,गुनु के.सी.,बरिष्ठ साहित्यकार माधवानन्द, बरिष्ठ संगितकार बिष्णु गुरुङ,सदाबहार कवि तोयानाथ सुबेदी अन्य अतिथिहरुमा सुशिला ढकाल, विमला ढकाल समिक्षा,कवि कृष्ण प्रसाद पौडेल,कवि बासुदेव ठकुरी,सत्यनारायण ढकाल,सरश्वती अर्याल,पार्वती घिमिरे पौडेल,सुस्मिरा अर्याल,सबिता अधिकारी लगायत साठी भन्दा वढि अतिथि साहित्यकार , कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायक / गायिकाहरू सरस्वती अर्याल,विमला ढकाल, सुशीला ढकाल अधिकारी , सत्यनारायण ढकाल,विष्णु गुरूङ, सविता अधिकारी ,कृष्णा खडका , रामशरण पाण्डे ,दीपा दियाली कृष्ण के.सी. पुष्कर अथक रेग्मी , मुरली प्रसाद ढकालद्वारा शीत गायन गरिनुका साथै संगीतकारहरू विष्णु गुरूङ,कुल बहादुर ढकाल ,रामशरण पाण्डेद्वारा शीतमा संगीत दिइएको थियो । पुष्कर अथक रेग्मीको अर्घ्य र दामोदर ढकालको शीतयात्रा भित्रका शीतहरू गायन गरिएको थियो ।
उपन्यास शीतयात्राको फिल्म बनाउने तयारी रहेको छ ।
कार्यक्रमा कवि विमला ढकालको अध्यक्षतामा शीत काव्य समाज वाग्मती प्रदेशको पुनर्गठन गर्ने घोषणादर सबैलाई धन्यवाद सहित सभाध्यक्ष शीत ईश्वर कृष्ण के.सी.द्वारा सभा विसर्जन गरिएको थियो ।
तीन घण्टा सम्म शीत चर्चा , गायन रहेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको ओैचित्यता माथि प्रकाश शीत ईश्वर दामोदर ढकाल दीपकले र कार्यक्रमको संचालन कवि के.वि.पौडेलद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...