Monday 21st September 2026

अस्ट्रेलियाबाट नेपाली विद्यार्थीलाई ठूलो झट्का, भिसा शुल्क दोब्बरभन्दा धेरै बढाइयो


अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको शुल्क बढाएको छ । अष्ट्रेलियाले विदेशबाट आफ्नो देशमा आउने विद्यार्थीका लागि भिसा शुल्क ७१० अस्ट्रेलियन डलरबाट बढाएर १६०० अस्ट्रेलियन डलर बनाएको द गार्डियनले जनाएको छ ।

नेपाली मुद्राको हिसाबले हेर्ने हो भने यसअघि नेपाली विद्यार्थीले करिब ६३ हजार रुपैयाँ तिर्नुपर्ने थियो भने अब त्यसका लागि १ लाख ४२ हजार रुपैयाँ तिर्नुपर्नेछ । यसले नेपाली विद्यार्थीलाई ठूलो असर गर्नेछ ।

अष्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिसा शुल्कमा बृद्धि गर्दा यसले देशको राजस्वमा बृद्धि हुने र शिक्षाको क्षेत्रमा प्रगति हुने बताएको छ । साथै, स्नातक विद्यार्थीहरूको लागि ऋण रकम पनि कम हुने दाबी गरेको छ ।

अस्ट्रेलिया सरकारले यसबाट नयाँ विद्यार्थीहरूले पनि मद्दत प्राप्त गर्ने बताएको छ । शिक्षामन्त्री जेसन डीन क्लेयरले अन्तर्राष्ट्रिय शिक्षा आफ्नो देशको लागि अत्यन्तै महत्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको र यसको निष्पक्षता र गुणस्तर सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी पढ्नका लागि अस्ट्रेलिया जान्छन् । अस्ट्रेलियामा पढ्न जाने विद्यार्थीको संख्याको हिसाबले नेपाल तेस्रो प्रमुख देश हो । चीन र भारतपछि तेस्रो ठूलो संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलिया जान्छन् । तर, त्यहाँको सरकारले गरेको यो निर्णयपछि धेरै विद्यार्थीको अष्ट्रेलियामा पढ्ने सपना चकनाचुर हुन सक्छ ।

काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अष्ट्रेलियाका राष्ट्रिय अध्यक्ष येगानेह सोल्तानपुरले यस निर्णयको भर्त्सना गरे र शुल्क वृद्धिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप आर्थिक दबाब दिने बताए।

उनले पढाइका लागि यति धेरै पैसा खर्च गरेर पनि जागिर नपाउनु दुःख र चिन्ताको विषय भएको बताए । यही कारणले गर्दा अहिले विद्यार्थीहरूले अष्ट्रेलिया बाहेक अन्य देशमा आफ्नो विकल्प खोजिरहेका छन् ।

अष्ट्रेलियाको इन्टरनेशनल एजुकेशन एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत फिल हनीवुडले मिडियासँग कुरा गर्दै यो घोषणा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अन्तिम धक्का भएको बताए ।

उनले भने ‘हामीले ४८ अर्ब अमेरिकी डलर गुमाउने जोखिम पनि लिइरहेका छौं, यो बाहेक यो कदमले हाम्रा इन्डो–प्यासिफिक छिमेकीसँगको सम्बन्धमा पनि प्रतिकूल असर पर्नेछ ।’


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...