Friday 16th January 2026

भारतको उत्तरप्रदेशमा सत्सङ्ग कार्यक्रममा भागदाैड हुँदा १०० बढिको मृत्यु


भारतको उत्तरप्रदेशमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो।

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्। कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भागदौडको कारण स्पष्ट नभएपनि सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...