Saturday 28th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय चौतीसौँ भाग (१३४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०२/२८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

मर्छु भन्ने थाहा हुँदा पनि पाप गर्छ मान्छे
आफू सभ्य बन्छ, अरुलाई श्राप गर्छ मान्छे
अमरत्व छैन कसैसित ख्याल गर्नु पर्छ
पापसित धर्म साट्न खोज्छ जाप गर्छ मान्छे
मन कुटाउँछ आँसु झार्छ, चाप गर्छ मान्छे ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

नकराउ न चिच्याउ,सुन्ने कोही छैन
देखाई के गर्छौ घाउ,तुन्ने कोही छैन
नबगाउ व्यर्थैमा,मूलको ढोका खोली,
कठैबरा भनी आई, थुन्ने कोही छैन
दु:खीसँग मायाँजाल,बुन्ने कोही छैन ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ३

बिच बाटोमा छोडेकोले पाप लागेछ
मेरो आँशुको तिमीलाई श्राप लागेछ
सँगसँगै नाता जोडेका थियौं हामीले
मेरो चिताको तिमीलाई राप लागेछ
हानौ भने नि खुकुरीमा दाप लागेछ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

हरेक कुरा नबुझी बोल्ने मान्छे छन्
आनिबानि नबुझी घोल्ने मान्छे छन्
समस्यामा सम्झौता गर्न नसक्नेले
नाटकिय ढंगमा पोल्ने मान्छे छन्
आफ्नो इज्जत खोल्ने मान्छे छन् ।

कला ढकाल झापा

पञ्चाङ्ग ५

सेठजी हुँदासम्म गाउँमा कसैले दुःख पाएनन् हजुर
सारा दुःखी उनैको घरधाए अन्त कतै धाएनन् हजुर
बलेकै आगो त ताप्ने हो सबैले कसले ताप्छ र निभेको
बिल्ली मर्दा सबैआए त सेठ मर्दा कोहि आएनन् हजुर
बाचुन्जेल त गुणगान गाए मरेपछि गाएनन् हजुर ।

-पशपती राई खोटाङ ।

पन्चाङ्ग ६

जीवनको गोरेटो आफै मिलि खन्नु पर्छ
अरुको दोष नदेख्नेले खरो बन्नु पर्छ
सर्बज्ञ त को पो छ र यहाँ ?ईस्वर हैनौं
ठु्लाले नि सानालाई परेमा गन्नु पर्छ
गुम्स्याएर हैन हर समस्या भन्नुपर्छ ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ७

फलाममा फलामकाे चाेट हुनुपर्छ
अलिकति भावना विष्फोट हुनुपर्छ
मनले चाहे नहुने कुरा के नै छ र
गर्छु भन्ने आफैमा अठाेट हुनुपर्छ
दाेषी बन्न त एउटा खाेट हुनुपर्छ ।

सूर्य गिरी पाेखरा ।।

पञ्चाङ्ग ८

सित्तैमा खान पाए पेटमा नअट्ने गरि खान्छ मान्छे
खाने मात्रै कहाँ हाे र नि खाना झाेलाभरि लान्छ मान्छे
याे किन बुझ्दैन मान्छेले खै खुवाउकाे वाध्यतालाई
त्यहाँ घरका सबै लावालस्कर लिएर जान्छ मान्छे
कुराे बुझ्नै नसकिने भयाे त यस्ताेमा के ठान्छ मान्छे ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ९

यता उता धाई सँगै बसम्
तिमी र म आई सँगै बसम्
आखिर जिन्दगी उपहार हो
माया प्रिती लाई सँगै बसम्
हो कसम खाई सँगै बसम् ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १०

सत्य भाव सधैँ बोल्न सिक्नुपर्छ
सबै सामु कुरा खोल्न सिक्नुपर्छ
बसेको भए त्यो मनमा अँध्यारो
खराब विचार पोल्न सिक्नुपर्छ
परेमा जोखिम मोल्न सिक्नुपर्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ११

कुरैकुरा भित्र जञ्जाल बनाए
मानिसहरू आफ्नै काल बनाए
गरिबको नाम भजाउंदै आफ्नै
आ-आफ्नै जीवन बबाल बनाए
गरबिलाई आफ्नो ढाल बनाए ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १२

कल्पनाकाे महासगर भित्र तिमी
दृढ इच्छ खेतीले भर मित्र तिमी
दुनियाँमा असम्भव छैन है बुझ
साधनामा हुनु तत्पर पित्र तिमी
अनन्त तयार सुन्दर चित्र तिमी ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १३

मलजल नगरी जरा काट्ने छन् यहाँ
अझ पैसासँग इज्जत साट्ने छन् यहाँ
देखिनेछ छर्लङ्ग , यो मन हुन्छ दङ्ग
छोडिएका ती वस्तु पनि चाट्ने छन् यहाँ
रिसले कुरा रुपी डोरी बाट्नेछन् यहाँ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १४

एक्लो हुन्छ उही मान्छे यदि सत्य बोल्छ भने
विष घोले बराबर बन्छ अमृत ऊ घोल्छ भने
कालोलाई सेतो सेतोलाई कालो भनिन्छ यहाँ
सबैको प्यारो उही हुन्छ धेरै चिप्लो मोल्छ भने
उही गतिलो हुँदोरहेछ अरूलाई धेरै पोल्छ भने ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १५

आशाको दियो कतिन्जेल बाल्नु हो
त्यही दियो फेरि कहिले फाल्नु हो
आशै आशले निराशा निम्त्याउँदा
अविश्वासी नाइके किन पाल्नु हो
पालेर भोज्यपदार्थ के हाल्नु हो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६
एउटा हुन्छ घटना तर उल्टो बताएका हुन्छन्
किन कुन्नि एकदम मिथ्या मात्र छराएका हुन्छन्
प्रश्नको चाङ बन्छन् तर उत्तर भेट्न सकिदैन
आखिर किन होला पीडितलाई सताएका हुन्छन्
क्रूर बन्छन् मानवता भन्ने कुरा मसाएका हुन्छन् ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १७

विश्वास गरेेर नै चोखो प्रेम दिएको थिएँ
हृदयमा न्यानु प्रेमको डोरीले सिएको थिएँ
अचानक यस्तो वियोग हुन्छ भन्ने के थाहा?
मनमा प्रेमको कदर गर्ने प्रण लिएको थिएँ
अमर प्रेमको आधारमा म जिएको थिएँ ।

चन्द्रवती शर्मा
भूटान

पञ्चाङ्ग १८

उपदेश सुनेपछि भ्रमित मननै रिसाउँछ किन
रिसाएर के गर्ने समयले पुनः सिकाउँछ किन
मातापितागुरु वचनहरू स्मरण गर्नु पर्दछ सधैँ
बैमनस्यता पाल्ने मानिस पछि बिलाउँछ किन
सत्य वचन सधैँ कडा काँडा झैँ बिझाउँछ किन ?

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...