Wednesday 25th February 2026

चन्द्रमाबाट माटो र पत्थरका नमुना लिएर फर्कियो ‘चाङ्ग‍-अ सिक्स’


चन्द्रमामा पहिला अन्वेषण नगरिएको पृष्ठभागबाट माटो र पत्थरका दुर्लभ नमुनाहरू सङ्कलन गरेर चिनियाँ अन्तरिक्षयान ‘चाङ्ग‍-अ सिक्स’ पृथ्वीमा फर्किएको छ। ‘चाङ्ग‍’अ सिक्स’ अन्तरिक्षयान मङ्गलवार इनर मङ्गोलिया मरुभूमिमा अवतरण गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। चन्द्रमाबाट सङ्कलित ती नमुनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने अपेक्षा वैज्ञानिकहरूको छ।

‘चाङ्ग‍-अ सिक्स’ चीनले चन्द्रमामा पठाएको छैटौँ अनि चन्द्रमामाको पृष्ठभागमा पठाएको दोस्रो अभियान हो। चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम “चाङ्ग’अ” हो। उनैको नामबाट यो अन्तरिक्षयानको नाम “चाङ्ग’अ” राखिएको हो।

“चाङ्ग’अ सिक्स” मे महिनाको सुरुतिर प्रक्षेपण भएको थियो। त्यसको केही सातामा त्यसले चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्‍यो। उक्त ‘प्रोब’ले एउटा ‘ड्रिल’ र ‘रोबटिक हात’ प्रयोग गरेर माटो र पत्थर सङ्कलन गर्‍यो अनि त्यहाँको तस्बिर खिच्यो र त्यहाँ चीनको झण्डा पनि गाड्यो।

त्यहाँ बरफ हुन सक्ने भएकाले र त्यसबाट पानी, अक्सिजन अनि हाइड्रोजन निकाल्न सकिने आशा गरिएकाले वैज्ञानिकहरूले उक्त भागको अध्ययनमा रुचि देखाएका हुन्।

अब उक्त ‘प्रोब’लाई बेइजिङ पठाइने र सङ्कलित नमुना निकालिने चिनियाँ राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...