Monday 22nd December 2025

साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्


साउदीमा विभिन्न समयमा काम गर्ने क्रममा दुर्घटनामा परी घाइते तथा अंगभंग भएका श्रमिक र मृत्युवरण गरेका ४ सयबढी नेपालीको सामाजिक सुरक्षा बिमाबापतको पैसा पाउन बाँकी रहेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन् २००२ देखि १३ जुन २०२४ सम्मको अवधिको हो ।

दुर्घटना भएर दर्ता नभएका, अस्वीकृत भएका र आगामी दिनमा दर्ता गर्न तथा स्वीकृत गर्न बाँकी रहेकाको संख्या १ सय २४ रहेको छ । यस्तै, कार्य दुर्घटनामा परी गोसीबाट स्वीकृत भएका परिवारलाई सम्पर्क गरी आवश्यक कागजात प्रक्रिया पूरा गरी पेस गर्नुपर्ने १ सय ४० जना रहेको दूतावासले जनाएको छ ।

यस्तै, दुर्घटनाको अवस्था पत्ता लगाउन काम गर्नुपर्ने संख्या ३९, प्रक्रियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नुपर्ने संख्या ८९, चेक फिर्ता भएकाहरू २३ र हालसम्म रकम भुक्तानी नभएकाहरूका लागि काम गर्नुपर्ने संख्या ३१ रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भई सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा परिवारले ३ लाख ३० हजार साउदी रियाल पाउने व्यवस्था रहेको छ । यसैगरी, अंगभंग भएकाको हकमा १ लाख ६५ हजार रियाल पाउने व्यवस्था छ ।

साउदीमा काम गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएकाको परिवारले यस्तो रकम पाउन बाँकी भए यथासक्य सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

नाम नखुलाउने सर्तमा दूतावासका एक कर्मचारीले साउदीमा आफ्नो कार्यकाल अझै १० महिना बाँकी रहेकाले भरिसक्य सबै, नभए करिब २ सय परिवारलाई भए पनि यस्तो रकम नेपाल पठाउनसके ठूलो राहत मिल्ने बताए।
राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...