Friday 16th January 2026

भारतमा विषाक्त मदिरा सेवनको कारण ४९ जनाको मृत्यु


भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले बताएका छन्। मदिरा सेवनका कारण बिरामी परेका दर्जनाै मानिसहरू अझै पनि अस्पतालमा उपचाररत रहेकोले ज्यान जानेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरमा विषालु मदिरा सेवनबाट मानिसहरूको मृत्यु भएको हो । त्यहाँ मङ्गलबार राती मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको हो।

भारतमा लोकल मदिरा सेवनबाट वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । लोकल मदिरा उत्पादकहरूले मदिरालाइ कडा बनाउन अत्याधिक मेथानोलको प्रयोग गर्ने गर्दछन् जसको कारणले मानिसमा अन्धोपन बढाउनुको साथै कलेजोमा क्षति पुर्याउँछ भने अधिक मदिरा सेवन गरेमा ज्यान जाने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...