Saturday 28th September 2024

शीत काव्य समाज नेपालको चौथो वार्षिक दिवस भव्यरूपमा सम्पन्न


शीत काव्य समाज नेपालको चौथो वार्षिक दिवस समारोह पाल्पाको तानसेनमा भव्यताका साथ मनाईएको छ ।

शीत काव्य समाज नेपालको अायोजनामा पाल्पा उद्योग बाणिज्य संघ तानसेनको सभाहलमा सम्पन्न कार्यक्रममा कृति ल‍ोकार्पण, समिक्षा तथा पुरस्कार प्रदान गरि सम्पन्न भएको हो । पाल्पा तानसेन श्रीनगर क्षेत्रमा वि.सं. २०७८ असार ७ गतेका दिन परिकल्पना गरिएको कविताको लघुतम काव्य उपविधा शीत सम्बन्धमा हालसम्म दर्जनाौ कृतिहरू प्रकाशित भएका छन् ।

शीकास पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीको सभाध्यक्षता, समाजसेवी तथा शिक्षाविद बुद्धिप्रसाद शर्माको प्रमुख अातिथ्यता, साहित्यकार राजेन्द्र गोपाल सिंह एवं शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीको विशिष्ट अातिथ्यता र प्रथम शीत ईश्वर कृष्ण के.सी. र शीत काव्य समाज नेपालका महासचिव दामोदर ढकालको अातिथ्यतामा सम्पन्न चाैथो वार्षिक दिवसका अवसरमा कृति लोकार्पण, पुरस्कार तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशिष्ट अतिथि र परिकल्पनाकारबाट शीत काव्य समाजको लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको उक्त कार्यक्रममा साहित्यकार/पत्रकार कृति समीक्षक भोजराज भट्टराईले कृतिहरूको समिक्षा गरेका थिए ।

सामुहिक राष्ट्रिय गान र पाल्पा प्यारागन स्कूलका विधार्थीहरूको सामुहिक स्वागत गान सँगै शुरू भएको वार्षिक दिवसमा शीकास पाल्पाका उपाध्यक्ष गोविन्द खनालको स्वागतबाट अघि बढेको उक्त कार्यक्रममा
१. शीत लघुतम खण्डकाव्य ‘ धर्मी’
लेखक : देवेन्द्रराज शाक्य
२. शीत‍ोपन्यास ‘ शीत यात्रा ‘
लेखक : दामोदर ढकाल ‘ दीपक’
३. शीत: रचना विधान र चतुष्पदी लघुकाव्य संग्रह शीत
कल्प : ‘ अर्घ्य ‘
लेखक : पुष्कर अथक रेग्मी
४. त्रिशूल : सैद्धान्तिक विमर्श र त्रिपदीय काव्य उपविधा
‘अमोघ ‘
लेखक : पुष्कर अथक रेग्मी
का कृतिहरू लोकार्पण गरिएका थिए भने शीत कर्ण साहित्य पुरस्कारद्वारा लव जोशी (मानार्थ शीत ईश्वर) र देशभक्त सिंह कुँवर (शीत ईश्वर) पुरस्कृत गरिएका थिए ।
शीत ईश्वरद्वारा सम्मानित हुनेमा देवेन्द्रराज शाक्य (पाँचौ शीत ईश्वर), पुष्कर अथक रेग्मी (छैठौं शीत ईश्वर) र दामोदर ढकाल (सातौं शीत ईश्वर) साहित्यकारहरू थिए ।

विशिष्ट अतिथि राजेन्द्र गोपाल सिंह (साहित्यकार) र प्रमुख अतिथि वुद्धिप्रसाद शर्माद्वारा सम्बोधन गरिएको उक्त कार्यक्रममा
१. गुणवती के. सी., साहित्यकार
२. भरत शर्मा , उपसभापति , नेपमसं पाल्पा
३. डा. टंक पन्थ , स्रष्टा / समीक्षक
४. दामोदर ढकाल ‘ दीपक ‘ ,लेखक / महासचिव
५. कृष्ण के.सी. प्रथम शीत ईश्वर
ले शुभकामना मन्तव्य दिएका थिए । साहित्यको उत्थान र विकासमा अतुलनिय योगदान दिएकोमा उच्च मुल्यांकन गर्दै शीत परिकल्पनाकार पुष्कर अथक रेग्मीलाइ मायाको चिनो प्रदान गरिएको थियो भने सम्मानित व्यक्तित्व परिकल्पनाकार रेग्मीले सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहभागीहरू सबैलाई कृतिहरू उपहारस्वरूप प्रदान गरिएको थियो ।

व्यस्त समयको वावजुद पनि कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ भव्य र सभ्य बनाउन प्रत्यक्ष/परोक्ष रूपमा साथ, सहयोग गर्ने सबैप्रति अाभार प्रकट गर्दै सभाध्यक्ष इन्दिरा ज्ञवाली पौडेलद्वारा सभा विसर्जन गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...