Sunday 22nd March 2026

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय तेतीसौँ भाग (१३३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३

प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

रहरले मात्र नहुने रहेछ प्रहर मिल्नुपर्छ
एकलौटी निर्णय नचल्ने भयो ठहर मिल्नुपर्छ
मर्नु र बाँच्नु नियम भित्र पर्ने कुरा हो साथी
हैँसेमा होष्टे गर्न आफ्नो साथीको रहर मिल्नुपर्छ
मर्दैन हृदय त्यसै मर्नेखाले जहर मिल्नुपर्छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

विकासको कुरा के गरौँ सर्वप्रथम सबैको चुल्हो धुवाँउनु पर्छ
बालवृद्ध आतुर परेका भोकाहरू सबैलाई नै खुवाउनु पर्छ
अनि मात्र देशमा गणतन्त्र आएको सुहाउँदो हुन्छ होला हजुर
सरकार द्वारा गरिएका सबै कार्यक्रम राष्ट्रमा सुवाउनु पर्छ
केन्द्रमा मात्र हैन गाउँगाउँमा सरकारी बजेट चुवाउनु पर्छ ॥

गुणनिघि घिमिरे अमेरिका

पञ्चाङ्ग ३
चाह भएर के गर्नु प्रहर हुनुपर्छ
ईच्छा भएर के गर्नु रहर हुनुपर्छ
मान्छेको मनै त हो नि कति खेर के हुन्छ
समय अनुसारमा बहर हुनु पर्छ
परिस्थिति अनुसार कहर हुनुपर्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

अनौठो जिवनमा अनेकौं रहर हुन्छ
धेरै रहरमा फेरि कतै जहर हुन्छ
मान्छे आफै जिउन सक्षम हुदा पनि यहाँ
आफन्तले खेदो खन्ने थुप्रै प्रहर हुन्छ
स्वार्थी ब्यक्तिमा स्वार्थै गर्ने ठहर हुन्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ५
देखाइदेऊ कोही दु:ख बेच्ने सहर छ कि
आँसु नलुकाई उठेको कुनै प्रहर छ कि
उतारचढाव हो थाहा छ थेग्न गार्हो भयो
भविष्यको अदालतमा गर्ने ठहर छ कि
दुषित नजर मार्ने कुनै पो जहर छ कि ।

संगीता खरेल
चन्द्रगिरी ८ काठमाडौँ ।

पञ्चाङ्ग ६
मायाको भर पर्दाखेरि कति प्रेम अभर परे होलान् त्यसै
हिसाब नमिलेर कति प्रेमी त अन्तैतिर सरे होलान् त्यसै
उसले माया गर्छु भन्यो, किन माया गर्छौ भनि सोधिन मैले
मैले जस्तै नसोधी नसोधी कति धेरै माया गरे होलान् त्यसै
एकोहोरो माया गर्ने मनहरु कति कति मरे होलान् त्यसै ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ७

दाउराले जति भनेपनि आखिर बल्नु पर्छ
खाना पकाउने गुजारा यसैबाट चल्नु पर्छ
आगाे र दाउरा नभएपछि खाना नपाक्ने
जतिसुकै चिसाेमा पनि आगाे खुब जल्नु पर्छ
सुकेकाे रूख जति बलियाे भएपनि ढल्नुपर्छ ।

नवराज भट्ट
हाल काठमााडौँ ।

पञ्चाङ्ग ८
सत्यतथ्य बुझ्नभन्दा पनि आरोप लगाउने हुन्
हो त्यही विषयमा अवधारणा बनाउने हुन्
आफू चाहिँ कहिल्यै कुनै घटनामा नपरेको झैँ
देख्नासाथ र भेट्नासाथ कटाक्षले सताउने हुन्
एकदम कोही त्यतिको लागि प्राण बचाउने हुन् ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ९
गुलाफ झैँ फुल्ने रहर बनाएर
पिरतीमा भुल्ने रहर बनाएर
चरा जस्तै गरेर रम्ने मन थियो
आकाशमा डुल्ने रहर बनाएर
प्रेमबिच झुल्ने रहर बनाएर ।

– आर्त अकुलीन

पञ्चाङ्ग १०

किन छुवाछूत मानिस मानिस भित्र हुन्छ
समाजमा यसतो कथा सधै बिचित्र हुन्छ
एक भयानक रोगहो सामाजिक यो पनि
त्यसैले त सधै मानिश नै एकतित्र हुन्छ
रूढीवाद यदाकदा सैतानको मित्र हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ११

कहिलेकाहीँ रहर नि लाग्छ बेकार
चञ्चल यो मन किन खै जाग्छ बेकार
जिन्दगी अगाडि बढिरहन्छ आखिर
अनेक ईच्छामा शान्त मन भाग्छ बेकार
अनावश्यक चिज बस्तु माग्छ बेकार ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १२
अस्थिरताको बीउ रोप्छन् खै कस्तो प्रजातन्त्र
पीडाको घाउमा नै कोप्छन् खै कस्तो प्रजातन्त्र
आशा बोकेर समृद्धि खोज्न भौँतारिदै गर्दा
रगत पसिनामा चोप्छन् खै कस्तो प्रजातन्त्र
आफ्ना कर्तुत ठ्याक्कै छोप्छन् खै कस्तो प्रजातन्त्र !

अस्थिरताको बीउ रोप्छन् खै कस्तो प्रजातन्त्र
पीडाको घाउमा नै कोप्छन् खै कस्तो प्रजातन्त्र
आशा बोकेर समृद्धि खोज्न भौँतारिदै गर्दा
रगत पसिनामा चोप्छन् खै कस्तो प्रजातन्त्र
आफ्ना कर्तुत ठ्याक्कै छोप्छन् खै कस्तो प्रजातन्त्र !

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

सिर्जना रहर होइन, तपस्या हो
अनुशासन कसैको, समस्या हो
बाटो कुनै पनि, सजिलो हुँदैन
बेकारमा मुठ्ठी, खै किन? कस्या हो
हेर्दा प्रष्ट छ , कुलतमा फस्या हो ।

• देवी पन्थी////

पञ्चाङ्ग १४

रहरले होइन बाध्यताले उचाल्दै पछार्दै मनमा डर बनाए
कतिको त आकाशको छानोसँग जमिनको बिस्तारामा घर बनाए
उहिले त काम राम्रो नगरेको खण्डमा जात वर्ग घटाइन्थ्यो पक्कै
आफ्नो लक्ष्य पुरा गर्ने उद्देश्यले अरुलाई प्रयोगको कर बनाए
त्यतिले नपुगेर मिथ्याज्ञान सँगै गलत आभासको भर बनाए ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १५

कहिले रात कहिले दिन नसम्झ मलाई
बिर्से हुन्छ बरु छिनछिन नसम्झ मलाई
म अाकाशकाे बादल हुम हराउन सक्छु
हराउँछ कि भनेर हीन नसम्झ मलाई
उदाश हुँदैमा उदाशिन नसम्झ मलाई ।

सूर्य गिरी-पाेखरा

पञ्चाङ्ग १६

सुखमा मात्र खुसीको त रहर कसले बनायो
महल भित्र सधैँ ठूलो सहर कसले बनायो
नीति र नियम मिल्नुपर्छ हाम्रो पनि भन्दा भन्दै,
बिना निति नियमको त ठहर कसले बनायो
अमृत जस्तो चिजमा नि जहर कसले बनायो ।

श्रीकृष्ण धामी -बझाङ

पञ्चाङ्ग १७

कसले अमर हुने गर्दछ यहाँ उद्घोष जगमा
कुकर्मले गर्दा मानिस हराउँछ होश जगमा
कार्य गर्दापनि आफूकै हुने हो नजर साक्षी
अति रिस रागले पनि बनाउँछ दोष जगमा
अन्तिम समयमा जाँदैन धन कोष जगमा ।

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...