पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
 मिति : २०८१/०२/१६
 प्रशिक्षक :
 ———–
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
 भाषा शुद्धीकरण
 ————————-
 चन्द्रावती अधिकारी
 चित्र सङ्कलन
 ———————–
 सामाजिक सञ्जाल
 समायोजक
 —————–
 सविता के.सी.
पञ्चाङ्ग १
जीवन सङ्घर्षमा परेको छ
 जनावर किलामा चरेको छ
 जनता पाल्ने मुर्ख नेताहरू
 मतको बीउ मात्र छरेको छ
 यो जिन्दगीमा गर्नु गरेको छ ।
सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग  २
 बोल्नेले चामल होइन पिठो बिकाउँछन् यहाँ
 कुरै कुराले अझ धेरै कुरा सिकाउँछन् यहाँ
 विकासको पाटोमा एउटा तुइनको भरले
 निर्दोषलाई मात्रै छानिछानी झिकाउँछन् यहाँ
 झिकाएर सबैले मिलीजुली हिकाउँछन् यहाँ ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग ३
गाउँमा वस्तुभाव पाल्नु परेकाे छ
 दाउराले नै आगाे बाल्नु परेकाे छ
 नदी तर्न सधैँ तुइनकाे भर भाे
 कसै कसैले ज्यान फाल्नु परेकाे छ
 गरिबी छ र लुगा टाल्नु परेकाे छ ।
 नवराज भट्ट
 कञ्चनपुर
पञ्चाङ्ग ४
यो मन गलाएर बाँचेेको छु
 जीवन जलाएर बाँचेको छु
 थाह नै छैन मरिन्छ कहिले
 समय ढलाएर बाँचेको छु
 तुइन चलाएर बाँचेको छु ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
 पनौती न.पा.-३,काभ्रे
पञ्चाङ्ग ५
 जिन्दगी करमा चलेको छ
 कसैको भरमा चलेको छ
 सुख र दु:ख जिन्दगी मेरो
 गाउँको घरमा चलेको छ
 किन हो डरमा चलेको छ ।
– आर्त अकुलीन
पञ्चाङ्ग ६
भोगिने कष्टलाई चाहा केलाई भनौँ
 जोखिम देखि देखि आहा केलाई भनौँ
 अवस्था बुझ्दैनन् कुनै शाषकहरूले
 पिरको भारी नै छ डाहा केलाई भनौँ
 गर्दैनन् काम यिनी, थाहा केलाई भनौँ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ७
 साहस बल बुद्धि भए जे पनि गर्न सकिन्छ
 जीवनका चुनौतीहरू सजिलै हर्न सकिन्छ
 भोगिसकेका अनुभवहरू सच्चा गुरू हुन
 जसद्वारा हामी सुधार गर्दै पार तर्न सकिन्छ
 दुःख कष्ट बिना जीवन कहाँ धर्न सकिन्छ ।
लक्ष्मी दास शर्मा
 टसिछोलिङ, साम्ची, भुटान
पञ्चाङ्ग ८
दुःख धेरै भएपनि रमाईलोछ गाउँले जीवन
 कष्ट धेरै सहेपनि रमाईलोछ गाउँले जीवन
 तुइन नदी तरीकन जीउज्यान बाजी राखी
 सहर धेरै गएपनि रमाईलोछ गाउँले जीवन
 नहर धेरै रहेपनि रमाईलोछ गाउँले जीवन ।
खोम काफ्ले,
 दागाना, भूटान
पञ्चाङ्ग ९
उल्का अचम्म गरेको छ
 घाँस बोकेर तरेको छ
 डोरी छिनेर झऱ्यो भने
 भनि दिनु है मरेको छ
 यसरी दुःख टरेको छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १०
 तुइनको तार चुट्ला भन्ने डर छ
 घाँस नकाटेमा कुट्ला भन्ने डर छ
 उकाली ओराली गर्दै जीवन बित्यो
 घर परिवार फुट्ला भन्ने डर छ
 जंगलको बाटो लुट्ला भन्ने डर छ ।
धनमाया चौधरी कैलाली
पन्चाङ्ग ११
पशुकोलाई कठै जीवनको बाजी लाउनु छ
 तुइनबाट ब्वाँसोलाई भोट दिन धाउनु छ
 मुखमा राम बगलीमा छुरा रोप्ने पापीहरू
 चुनावमा कुर्लनेलाई सोमत सिकाउनु छ
 कपुतलाई सदनमा चेतना बुझाउनु छ ।
अमृता रामदाम
पञ्चाङ्ग १२
जीवन नै चलाउन सहारा चाहिन्छ हेर
 हिजोआज सजिलै काम कहाँ पाइन्छ हेर
 बर्सेनि बाढी आउँछ शहर धाउँछ
 नसोचेको कुरा हुनलाई जे लाइन्छ हेर
 दुःख पीडासँग मुछेर आँसु खाईन्छ हेर ।
अम्बिका अधिकारी
 झापा बिर्तामोड
पञ्चाङ्ग १३
एक्काइसौ शताब्दीमा तुइन तर्न परेको छ
 प्रत्येक दिन भन्नुपर्छ मृत्यू आज टरेको छ
 चुनावमा बाँडिएको पैसाले बन्थ्यो होला पुल
 कैंयौ पटक घाँसको भारी नदीमा झरेको छ
 पुलबाट हिड्ने सपना नेताले नै हरेको छ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १४
छन त देशमा तहै तहको सरकार छ अरे के गर्नु
 सत्तामा पनि गए गएपछि मनपरि पो गरे के गर्नु
 पहिले हेपिएको थिएँ अहिले त झन् थिच्यो लोकतन्त्रले
 यत्रो भारले थिच्दाखेरि यो गरिब जीउँदै मरे के गर्नु
 दुइ दिनको जिन्दगीमा सधैं भ्रममा मात्रै परे के गर्नु ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १५
जीवन तुईन हो कहिले चुँड्ने पत्तो छैन
 मन रुई हो आकास धर्ती उड्ने पत्तो छैन
 उकाली ओराली गर्दै भाग्य कोर्नुपर्दोरैछ
 कुनै दिन भारी समेत बुड्ने हो पत्तो छैन
 नेताको बोली कैले रेल गुड्ने हो पत्तो छैन !
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग १६
जीवन छुरीको धारमा छ
 जीत हैन सधैं हारमा छ
 सुख त पाहुना हो रहेछ
 अत्यास लाग्दो यो मारमा छ
 थेग्न धेरै गाह्राे भारमा छ ।
शोभा आचार्य गौतम
 काठमाडौँ
पञ्चाङ्ग १७
भन्नेले त भन्छन विकास गर्नुपर्छ
 तल्लाे स्तरबाट अब माथि सर्नुपर्छ
 जस्ताकाे त्यस्तैछ दुर्दराजकाेअवस्था
 अझै पनि झुन्डिएर तुइन् तर्नुपर्छ
 खाेला तर्दातर्दै अकालमा मर्नुपर्छ ।
सूर्य गिरी – कास्की, पाेखरा
पञ्चाङ्ग १८
हामी गरिवको दिन पनि फेरि देन सरकार
 राम्रो सँगले यो चित्रलाई हेरि देन सरकार
 कतिसधैँ भोटमात्र माग्दै हिड्छेस् नेताहरू
 अब यो दुखपिडा आफूमा बेरि देन सरकार
 अपाङ्गलाई सुरक्षितले सेरी देन सरकार ।
सुष्मा मगर रोल्पा
 
 














