Saturday 26th September 2026

नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको तयारि पुरा प्रमुख अथिति कुवेतमा


कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश रसाईली स्नेही आज कुवेत आइपुगेका छन ।

कुवेतको विमानस्थलमा समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिमा उपसभापति गुरुङ , केन्द्रीय सदस्य रसाईली र केन्द्रीय महाधिवेशन प्रतिनिधि नरेन्द्र बहादुर भाट लाई स्वागत गरिएको छ । २१ जुन २०२४ दिन सम्पन्न हुने चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समितिका सभापति राजेन्द्र रसाईली बिरहीले जानकारी दिएका छन । कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा दिनको ठिक १२ बजेदेखि कार्यक्रम हुने आयोजकले बताएको छ ।

कुवेतमा कार्यरत रही समाजवादी-लोकतान्त्रीक राजनीतिक प्रति आस्थावान् साथै नेपाली संघ-संस्था, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समितिका सभापति राजेन्द्र रसाईली बिरहीले अनुरोध गरेका छन ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...