Friday 16th January 2026

इटालीमा दुइ वटा पानीजहाज दूर्घटना हुँदा कम्तिमा १७ को मृत्यु, ६० बेपत्ता


दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा धेरै बालबालिका रहेको जनाइएको छ ।

जर्मन सहायता समूह RESQSHIP द्वारा सञ्चालित एउटा उद्धार जहाजले दुईवटा जहाज दुर्घटनामध्ये पहिलोमा डुबिरहेको डुंगाबाट ५१ जनालाई उद्दार गरेको बताएको छ भने डुंगाको तल्लो भागमा फसेका १० वटा शवहरू निकालेको जनाएको छ । बाँचेकाहरूलाई किनारमा ल्याइ इटालियन कोस्टगार्डलाई सुम्पिएको थियो, RESQSHIP ले भन्यो।

एउटा जहाज लिबियाबाट प्रस्थान गरेको थियो जसमा सवारहरू सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशबाट आएका थिए भनेर आप्रवासी संगठन र युनिसेफले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

-स्काइ न्यूज बाट
https://news.sky.com/story/11-migrants-dead-and-dozens-missing-after-two-shipwrecks-off-coast-of-italy-13149791


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...