Sunday 22nd March 2026

यज्ञलाल सुवेदी एक साहित्यिक परिचय


पुष्कर अथक रेग्मी – साहित्यीक श्रष्टा यज्ञलाल सुवेदीको जन्म वि.सं. २०२१ साल पौष २१ गते सोमबारका दिन बाटाकाचौर लिग्दी, बागलुङमा भएको हो।
उहाँ हाल सैनामैना-२, रूपन्देही बुटवल-९,रूपन्देही बासी हुनुहुन्छ।

शिक्षामा अङ्ग्रेजीमा स्नातकोत्तर र शैक्षिक योजना तथा व्यवस्थापनमा बी.एड. गर्नुभएका सुवेदीले शिक्षक नवरत्न (संयुक्त चारुसङ्ग्रह-२०७९), नन्दन (संयुक्त कोपिलासङ्ग्रह-२०७९), गमुको (गजल, मुक्तक र कोपिला संयुक्त सङ्ग्रह-२०७९), अनमोल रत्न (संयुक्त मुक्तकसङ्ग्रह-२०७९), पर्दाभित्र (छन्द कवितासङ्ग्रह-२०७९), शृङ्खला (बहर गजलसङ्ग्रह-२०८०) र अमूल्य (बाछिटा सङ्ग्रह-२०८०) लगायतका कृतिहरू प्रकाशित गरिसक्नु भएको छ ।

त्यस्तै वहाँ श्री बृहस्पति बचत तथा ऋण सहकारी सम्मान (२०६८), बुटवल उपमहानगरपालिका सम्मान (२०७५), मदन-आश्रित स्मृति अक्षयकोष सम्मान (२०७६), सरस्वती सिर्जना सम्मान (२०७७), सिर्जनशील मोती स्रस्टा सम्मान (२०७८), सरस्वती सिर्जना सम्मान (२०७८), मोती जयन्ती सिर्जना सम्मान (२०७८), दीर्घ शिक्षक सेवा पदक (२०७९), खोरिया साहित्य सम्मान (२०७९), चारु साहित्य प्रतिष्ठान सम्मानपत्र (२०७९), नेपाल-भारत साहित्य महोत्सव सम्मानपत्र (२०७९), लघुकथा सृजना सम्मान (२०८०), सिर्जनशील साहित्यिक समाज (सिसास) सम्मान लगायतका सम्मानहरूद्वारा सम्मानित व्यक्तित्व साहित्यकार यज्ञलाल सुवेदीको बाछिटा संग्रह ‘अमूल्य'(२०८०) पछिल्लो प्रकाशित पुस्तक हो।
आगामी दिनमा साहित्यिक यात्रा अझै सुखद रहोस् शुभकामना ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...