Monday 10th November 2025

शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः ज्ञान बहादुर गजमेर


शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन यहि ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको जलिबस्थित पापिन्स हलमा सम्पन्न भएको छ । संस्थाको चौथो अधिवेशनबाट वर्ष २०२४-२०२६ कार्यकालको लागि ज्ञान बहादुर गजमेरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ भने मस्त बहादुर तिरूवाको नेतृत्वमा संरक्षक/सल्लाहकारहरू समेत सार्वजनिक गरेको छ ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष ज्ञान बहादुर गजमेरको सभाध्यक्षता र नेपाली राजदुताबास कुबेतकी मिशन उप-प्रमुख/काउन्सिलर सुजनी राणाको प्रमुख अातिथ्यता तथा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष श्री एकराज मल्ल ठकुरीको विशेष अातिथ्यता साथै बिभिन्न संघ संस्थाका पदाधिकारी/प्रतिनिधिहरूको समुपस्थितिमा राष्ट्रिय पञ्चेबाजा समुह नेपाल-कुवेतका पञ्चेबाजा सहितको बेजोड प्रस्तुतिसहित सांगीतिक माहोलका साथ सम्पन्न भएको थियो ।

प्रथम उपाध्यक्ष श्री अनामिका तिरुवाको संचालन र दिनेश माल परियारको स्वागतमा सम्पन्न गरिएको चाैथो अधिवशेन समारोहमा शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि राणाले प्रवासमा रहेर पनि वर्गिय हितको लागि कृयशिल सिल्पी संघले गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै सामाजिक र मानविय सेवाका कार्यमा सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढोस भन्ने कामना गर्दै अप्ठेरोमा परेका नेपाली श्रमिकहरूका समस्या समाधानमा नेपाली दूतावास सधैं साथमा रहेको बताउँदै नव निर्वाचित कार्य समितिले अागामी दिनमा अझ सशक्त भएर कार्य गर्न सफल होस भन्ने शुभकामना व्यक्त गरिन् ।

नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छः

संरक्षक
मस्त बहादुर तिरूवा

सल्लाहकार
मुना सेन्चुरी
भु खाती
विष्णु बिश्वकर्मा

अध्यक्ष
ज्ञान बहादुर गजमेर

प्रथम उपाध्यक्ष
अनामीका तिरुवा

द्वितिय उपाध्यक्ष
केशव सुनार

उपाध्यक्ष
रत्न सेञ्चुरी

उपाध्यक्ष
रमेश घतानी

महासचिव
दिनेश माल परियार

सचिव
राम रिजाल

सह-सचिव
सन्तोष शंकर

कोषाध्यक्ष
शुरेश कालीकोटे

सह-कोषाध्यक्ष
अम्बिका सुनार

महिला संयोजक
गंगा माया बि. क

महिला सह-संयोजक
बबिता बराईली

यूवा संयोजक
प्रेम बहादुर बि. क

खेलकुद संयोजक
बिवेक भुसाल

यातायात संयोजक
बाबुराम बि. क

कलाकार संयोजक
आसीष बि. क

सकृय सदस्य
डबल बहादुर दुलाल
ईन्द्र कुमारी
कल्पना बि.क.
पार्वती सुनार
रूपा बराईली
साईमल बराल
टिकाराम गजमेर


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...