“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
 विधा :- पञ्चाङ्ग
 अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
 ……………………………..
 प्रशिक्षक:-
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
 चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
 (महासचिव)
 रामराजा के. सी.
 प्रेम थापा “मन”
 ===================
 उस्तै शब्दहरू : मिल्दो ।
 दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
 अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग १
समपञ्चाङ्ग
 सुख सयल समृद्ध बेला खोज्छ जिन्दगी
 पलपलमा घायल मन टोक्छ जिन्दगी
 केश फुल्नु, मान्छे अनुभवी हुनु खेल हो
 समय र जीवन तुलामा जोख्छ जिन्दगी
 कहिले आँसु कहिले हाँसो भोग्छ जिन्दगी ।
 १
 मान्छेलाई मान्छे बनाउन ठोक्छ जिन्दगी
 पाइलै पिच्छे ठेस लाग्दछ रोक्छ जिन्दगी
 धन कमाइभन्दा मन खुसी हुनुपर्ने
 मौका मिले आँखा छोप्छ नशा धोक्छ जिन्दगी
 सम्पतिमा बिक्छ हेर धन बोक्छ जिन्दगी ।
 २
 सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
समपञ्चाङ्ग २
देशको लागि उन्नती चुलेको भएमा राम्रो
 युवाको नै बोलचाली खुलेको भएमा राम्रो
 मुक्त छैनन् जनता नेताकै अधिनमा परे
 बिकासको पिङमा नै झुलेको भएमा राम्रो
 कर्तव्यमा हामी सबै भुलेको भएमा राम्रो ।
 १
 निकास दिन नेताले डुलेको भएमा राम्रो
 विश्व माझमा नेपाल फूलेको भएमा राम्रो
 नेताले बनाको हैन देश आर्जेको पुर्खाले
 भ्रष्टाचारीको हृदय धुलेको भएमा राम्रो
 बिदेशीको ऋण मुक्त सुलेको भएमा राम्रो ।
 २
 सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग ३
विकास गरौं मिलेर नेपाल स्वर्ग लोक हुन्छ
 परिश्रमको फूल फुलाए सब थोक हुन्छ
 विदेशमा रगत पसिना बेच्न जानु हुँन्न है
 सृजनाले भर्न खोजौँ नत यहाँ भोक हुन्छ
 जानीजानी गल्ती गर्यौँ भने सधैं शोक हुन्छ ।
तारा घिमिरे स्वेच्छा
 सङ्खुवासभा
पञ्चाङ्ग ४
आफ्नै मगजले राज चलाऊँ भनेकै हो
 पुराना गन्थने सोच जलाऊँ भनेकै हो
 कुनीति लेखेपछि , र कुरीति देखेपछि
 ती अन्धविश्वास सारा गलाऊँ भनेकै हो
 यिनका स्वार्थका ढिस्का ढलाऊँ भनेकै हो ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
 एउटा यादको हिमाल सोहीमा खुसी म
 दु:ख दिलाउने आएपनि हुन्न दुखी म
 मन मस्तिष्क मेरो हो भने निर्णय गर्छु
 उपहारमा पाएकि खोज्छु अब टुकी म
 रोज्छु के छर्ने उमार्ने फुलाउने भूमि म ।
#पृथक प्रकृति ,झापा
पन्चाङ्ग ६
 अध्यारो जो मनमा जून बनेर आऊ
 चेतनाका गीतमा धुन बनेर आऊ
 जहाँ तिमी त्यहाँ उन्नति बन्नु है सधैँ
 जनमा मानवता गुन बनेर आऊ
 जसलाई बचाउ खून बनेर आऊ ।
अमृता रामदाम
पञ्चाङ्ग ७
बुहारीका आँखामा आँसु छन्
 कारण सबैतिर सासू छन्
 बुहारीको दोष छ कि छैन
 आज छोरी पनि जिज्ञासु छन्
 चारैतिर रक्त पिपासु छन् ।
• देवी पन्थी
पञ्चाङ्ग ८
फूल बनी हेरी राख तिमी
 सुगन्ध नै फेरि राख तिमी
 म आएको थाहा पाएपछि
 पछ्यौरीले बेरी राख तिमी
 तारबार घेरी राख तिमी ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ९
मागि हेर प्यारा मीठो साथ दिउँला
 औँसीमा पनि जुनेली रात दिउँला
 जंघार जीवनको तर्न सक्छौ भने
 बाँचुन्जेल नछुटिने हात दिउँला
 मन्त्रमुग्ध पारिदिने बात दिउँला ।
संगीता खरेल
 चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग १०
आहा वनमा फूल फुलेछ
 सेतो हिमाली दृश्य खुलेछ
 मन्मोहक दृश्य हेर्दा हेर्दै
 लहलह धान् बाला झुलेछ
 यो मन् त फेरि त्यतै डुलेछ ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ११
निर्बल थियो तै पनि उ आफैँले आफ्नो भाग्य कोरेको देखेँ
 लुला भएपनि हातपाउ आफैंले भकारो सोरेको देखेँ
 यहाँ त हातै नहुनेले पो बरु गरेर खाएको देखियो
 तर हात भएकाहरूले नै पो रातारात चोरेको देखेँ
 जो हेर्दा बलिस्ठ देखिन्थ्यो त्यसैले तालाचाबी फोरेको देखेँ ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग १२
झूटो कुरा बोल्न जान्नु पर्दछ
 जस्तो बोले पनि मान्नु पर्दछ
 लोकतन्त्रको उपज हो बुझौं
 शत्रुलाई आफ्नै ठान्नु पर्दछ
 मौका मिले चौका हान्नु पर्दछ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
 पनौती न.पा.-३ काभ्रे
पञ्चाङ्ग १३
मौका पाएपछि चुक्नु हुँदैन कहिले
 अप्ठ्यारो मान्दै लुक्नु हुँदैन कहिले
 चुपचाप लागेर काम गरेकाे राम्राे
 कुकुर जस्तै फेरि धेरै भुक्नु हुँदैन
 गन्तव्यमा पुग्न कहिले रुक्नु हुँदैन ।
नवराज भट्ट
 कञचनपुर
पञ्चाङ्ग १४
सबैलाई ऐयासी गर्ने रहर हुन्छ
 खोला सुकेर गए त्यहा बगर हुन्छ
 जरूरत छ मानिसलाई मानिसको
 एक अर्कामा सबै मान्छे निर्भर हुन्छ
 मानिस हौं अनुसासनको कर हुन्छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग १५
फूलको माला उनेपछि
 प्रेमको डोरी बुनेपछि
 हृदय त्यसै फुलेको छ
 दिलले माया चुनेपछि
 आखिर सत्य गुनेपछि ।
– आर्त अकुलीन
पचाङ्ग १६
खेतबारी बाँझै गाउँ घर चुँदैछन्
 युवा जति सबै परदेश हुँदैछन्
 मालामाल देखिन्छन् भ्रष्टाचारीहरू
 धनीमानी खुसीछन् गरीब रुँदैछन्
 ऋणको भार बाेक्दै पुर्पुराे छुँदैछन् ।
सूर्य गिरी-पाेखरा
समपञ्चाङ्ग  १७
 १//
 विराजित पर्वतको छायाँसँग रमाउने मन छ
 प्राकृतिक सौन्दर्यको रङ्गमञ्च समाउने मन छ
 सुन्दरताको माझ शान्तिको लहरहरूको खोजिमा
 प्राणीको सम्बन्धले मनको भाव नमाउने मन छ
 अनि शान्तिप्रति बाधाको शमन जमाउने मन छ ।
 २//
 ध्यानस्थलमा बसेर अन्तरात्मा घमाउने मन छ
 त्यही अवधिलाई लामोसमय लमाउने मन छ
 मोहनीय गाथा कोइली चरिले गित गाएको जस्तै
 आनन्दमय तर्क सबैको माझ थमाउने मन छ
 चिन्तन मननले स्वाभाविकता कमाउने मन छ ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
 
 














