Friday 16th January 2026

ट्रम्प सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय तोकिने


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।

उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।

अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...