“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
 विधा :- पञ्चाङ्ग
 अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
 मिति:- २०८१/०१/२४
 ………………………………..
 प्रशिक्षक:-
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
 चन्द्रावती अधिकारी
 सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
 (महासचिव)
 रामराजा के. सी.
 प्रेम थापा “मन”
 ======================
 उस्तै शब्दहरू :    मिल्दो  ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
 =======
 पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
समपञ्चाङ्ग
सम्झनामा प्रिय तिमी बस्ने घरलाई
 झलझली आउँछ याद तिम्रो भरलाई
 जीवन भन्नु सुख र दुःख त रहेछ
 कसरी सकिन्छ ? भुल्न दिएको थरलाई
 ह्वारह्वारी बलेको छानोको त्यो खरलाई ।
 १
 कति गर्नु विश्वास अविश्वासी नरलाई
 स्वादलेे खान पनि धरमर झरलाई
 दिक्दार लाग्दो भएको छ जिन्दगी हेर
 कसरी मास्नु घ्यू लाग्ने दुधको तरलाई
 सक्दिन गर्न पूरा नहुने त्यो करलाई ।
 २
सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
मनको पीडा बुझ्ने साथी बने हुन्थ्यो
 पिडा परेको बेला म छुँ भने हुन्थ्यो
 दिन दुखीको सेवा गर्नु सेवा नै हो
 सहयोग गरेर   खेत खने  हुन्थ्यो
 दुखीको नाममा डलर गने हुन्थ्यो ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ३
कहिलेसम्म रहला भ्रष्टचारको जालो खै
 समानताको एकै माला उन्नुपर्ने पालो खै
 जुनै जोगी आए पनि किन पासा पल्टिएन
 कृषकहरू मरेका छन् भरिएको डालो खै
 असत्यलाई पछार्नु पर्यो सत्यको भालो खै ।
संगीता खरेल
 चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग ४
अहो! नयाँ बर्ष  आयो के भन्नु
 मन्मा सारै खुशी छायो के भन्नु
 संकट र अशान्ति जीवनमा
 अब मीठो गीत गायो के भन्नु
 चोखो पृत पनि लायो के भन्नु ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ५
हरेक दया  बाँढेर माया  मनमा सर्न छ
 परामर्शको मार्गमा  उही सुवास छर्न छ
 हृदयको फराकिलो फाँटमा,नयाँ आँटमा
 दीप बाल्दै  दुनियाँ सामू  उजागर गर्न छ
 देशको  माटोमा  प्यारपूर्वक  भर पर्न छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ६
डढेलोले बन जलेर आगो मात्रै बलिरहेको बेला
 जताततै धुवाँ छ हावा पनि तातो चलिरहेको बेला
 हाँसो दिवस आई मुसुमुसु हाँसेर  गिज्याइरहेछ
 बिपना हो कि सपना हो बेहोस नै गलिरहेको बेला
 सारा बस्ती नै यहाँ आगोको लप्काले जलिरहेको बेला ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग ७
सम्झनामा कति धेरै आउँछ्यौ भन मायालु
 पीर मात्रै थपेर के पाउँछ्यौ भन मायालु
 सक्छयौ भने नजिक आई प्रीत गाँसी जाउ
 सपनीमा के को लागि धाउँछ्यौ भन मायालु
 नआउ भन्दा बेकार आउँछ्यौ भन मायालु ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
 पनौती न.पा.-३काभ्रे
पञ्चाङ्ग ८
ममताकि खानी  आमा,
 सधैं  दिने दानी आमा
 आमा पहिलो शिक्षक
 घरकी ती रानी आमा
 प्यास मेट्ने पानी आमा ।
शोभा आचार्य गौतम
 काठमाडौँ
पञ्चाङ्ग ९
 अनौठो मन छ
 उराठ पन छ
 कसरी म भनूँ
 हरियो वन छ
 सुकेको तन छ ।
– आर्त अकुलीन
पञ्चाड्ग १०
राम्राे बनाउनु आली भन्थे  किसान दाइले
 अनि राम्राे हुन्छ बाली भन्थे किसान दाइले
 जाे नैतिकता भुल्दछ उ हालीमुहाली गर्ने
 राम्राे गर्नेलाई ताली भन्थे किसान दाइले
 घुसखाेरीलाई गाली भन्थे किसान दाइले ।
प्रद्युम्न चालिसे
 भक्तपुर कटुञ्जे
पञ्चाङ्ग ११
एउटा सुख  पाउनलाई हजार  दुःख गर्नुपर्ने
 एउटा जीवन बाँच्नलाई हजार चोटी मर्नुपर्ने
 धेरै पल्ट असफल हुन्छ एक सफल मानिस
 आफ्नो एउटा पेट भर्न  कैयौँ खल्ती भर्नुपर्ने
 इमानदारीले नै पो बेइमानीको सरण पर्नुपर्ने ।
लक्ष्मी दास शर्मा ✍️
 टासिछोलिङ साम्ची, भुटान  🇧🇹
पञ्चाङ्ग १२
 पहिलाे भेट्मा माया बस्ला नआऊ मेराे छेउ
 थाहै नपाई दिल्मा पस्ला नआऊ मेराे छेउ
 भावना ढल्किएर विश्वास गर्न खाेज्याै र ,
 बिछाेड भई आँसु खस्ला नआऊ मेराे छेउ
 मेराे मायाले त्यता डस्ला नआऊ मेराे छेउ ।
सूर्य गिरी
 माछापुच्छ्रे ५कास्की पाेखरा ।
पञ्चाङ्ग १३
 देश लुटी सके
 बुद्धि भुटी सके
 आश मरिसक्यो
 दुना खुटी सके
 धान कुटी सके ।
• देवी पन्थी ///
👉 समपञ्चाङ्ग 🇧🇹 १४
 १//
 रातै   बग्छ  रगत  किन  हेला   गर्नु ?
 स्वतन्त्रता  हटाइ  किन  फेला  गर्नु ?
 मानव   जीवन   समान   होइन  र ?
 अर्काको जिन्दगीमा किन रेला गर्नु ?
 अभियोग  लान्छना किन भेला गर्नु ?
 २//
 तत्काल  गराउन  किन  पेला  गर्नु ?
 वास्तविक नबुझी किन खेला गर्नु ?
 दुर्व्यवहारको   शिकार   भएन   र ?
 आघात  कमाउन  किन जेला गर्नु ?
 झुटो तर्क मच्चाइ किन झेला गर्नु ?
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग १५
 प्रेम अस्थायी हुने तनको वास्तवमा
 स्थायी हुनेछ प्रेम मनको वास्तवमा
 सके सबैको गरौँ उपकार तनमनले
 खाँचो सबैलाई छ धनको वास्तवमा
 लुट्न हुँदैन धननै जनको वास्तवमा ।
 कार्की डिबी माकुम
 सुनवल-४, नवलपरासी
 पञ्चाङ्ग १६
 तिम्रो नाम लेखेको पछ्यौरी ओड्न मन थियो
 मन  मिले त  नयाँ   घरबार  जोड्न मन थियो
 आफैले नै   प्रपोज गरम भन्दा डर लाग्ने भयो
 अब  तिमीसँग  एउटै  बाटो मोड्न मन लाग्यो
 तिम्रो विचार के छ भनेर नै  सोड्न मन लाग्यो ।
सुष्मा मगर रोल्पा
 हाल भारत
 
 














