भनौँ मैले के भनूँ कसरी भनूँ
यो समयको कुरा दैवले हो जान्नु
किन गर्छौ अरूको कुरा मात्र
के सिक्यौ तिमीले खुट्टा तान्न मात्र
यहाँ मानवलाई कसरी हो चिन्नु
शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न
खोला, नदी तरी गयौ भन्ने थाहा पाए
किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए
पिडाहरू लुकाएर भए पनि हाँस्नुपर्छ
तिमीलाई खुसी देख्न मैले दुःख गर्नुपर्छ
विश्वासमा सधैँ काम गर्नुपर्छ
जिन्दगीमा आशावादी हुन सिक्नुपर्छ ।।
-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी