Sunday 1st March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविता – भनौँ मैले के भनूँ…


भनौँ मैले के भनूँ कसरी भनूँ
यो समयको कुरा दैवले हो जान्नु
किन गर्छौ अरूको कुरा मात्र
के सिक्यौ तिमीले खुट्टा तान्न मात्र

यहाँ मानवलाई कसरी हो चिन्नु
शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न
खोला, नदी तरी गयौ भन्ने थाहा पाए
किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए

पिडाहरू लुकाएर भए पनि हाँस्नुपर्छ
तिमीलाई खुसी देख्न मैले दुःख गर्नुपर्छ
विश्वासमा सधैँ काम गर्नुपर्छ
जिन्दगीमा आशावादी हुन सिक्नुपर्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...