Saturday 26th September 2026

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा यही ३१ मे २०२४ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विशेषले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
 


कार्यक्रमको विवरण :

मितिः ३१ मे २०२४ 

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः बिहान ११ बजे देखी 

आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...