Monday 13th October 2025

अफगानिस्तानमा बाढीका कारण ३०० भन्दा बढी मानिसको मृत्यु


उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त भएका छन् । बाढीले हजारौंलाई विस्थापित गरेको छ र पूरै गाउँहरू डुबाएको छ ।

उत्तरी प्रान्त बाघलानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने त्यहाँका अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमका अनुसार कम्तिमा २,००० घरहरू ध्वस्त भएका छन्।

त्यहाँ अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ । सयाैं मानिसहरूको मृत्यु भएको, अन्य कैयाैं मानिसहरू घाइते भएको तथा हजाराैं परिवारहरू घरबारबिहिन भएको अबस्था छ । देशका धेरै प्रान्तमा बाढीले तहसनहस पारेको छ भने बाढीले अफगानिस्तानमा ठूलो मानवीय आपत निम्त्याएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...